अफगान राष्ट्रपति कार्यालयका दर्जनौँ कर्मचारी सङ्क्रमित

७ बैशाख ७७, सोमबार

८ वैशाख, एजेन्सी ।

अफगानिस्तानको राष्ट्रपति कार्यालयमा दर्जनौँ कर्मचारीमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको विवरणहरूमा जनाइएको छ। यसअघि २० जनामा सङ्क्रमण देखिएको बताइए पनि आइतवार द न्यूयोर्क टाइम्सले सङ्क्रमित हुनेको सङ्ख्या ४० पुगेको जनाएको छ।

अफगानिस्तानको सरकारले यसबारे कुनै प्रतिक्रिया जनाएको छैन। र, स्वयं राष्ट्रपति असरफ गनीमा पनि सङ्क्रमण देखिएको छ वा छैन भन्ने कुनै खबर छैन। कोरोनाभाइरसबाट राष्ट्रपति कार्यालयमा २० जना सङ्क्रमित भएका छन्। यद्यपि, मानिसहरू नआत्तिऊन् भन्ने सुनिश्चित गर्न यसलाई बाहिर नल्याइएको हो, एक सरकारी अधिकारीले शनिवार एएफपी समाचार संस्थालाई भने।

Advertisement

राष्ट्रपति कार्यालयले बिहीवार गरेको एउटा ट्वीटमा राष्ट्रपति गनीले भिडिओ लिङ्कमार्फत मन्त्रिपरिषद्को बैठकको अध्यक्षता गरेको देखिन्छ। तर त्यसयता उक्त ट्वीटर खातामा राष्ट्रपतिले इरानी अधिकारीहरूसँग दूरीमा बसेर बैठकहरू गरेका तस्बिरहरू राखिएका छन्।

अफगानिस्तान सरकारले शनिवार दिएको तथ्याङ्क अनुसार त्यहाँ ९३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण देखिएको छ भने ३३ जनाको मृत्यु भएको छ। सङ्क्रमित हुनेको सङ्ख्या कम देखिए पनि दशकौँ लामो द्वन्द्वका कारण अफगानिस्तानको स्वास्थ्य सेवा एकदमै कमजोर छ र उनीहरूसँग परीक्षण गर्ने साधन पनि सीमित मात्रै छ।

Advertisement

तर अफगानिस्तानमा कोरोनाभाइरसको सङ्क्रमण निकै धेरै भएको आशङ्काहरू व्यक्त गरिएका छन्। मार्च महिनामा डेढ लाखभन्दा बढी अफगानहरू कोरोनाभाइरसबाट निकै प्रभावित बनेको इरानबाट स्वदेश फर्किएका थिए। त्यस्तै दशौँ हजार मानिस पाकिस्तानबाट पनि फर्किएका थिए।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top