८ बैशाख, धनकुटा ।
धनकुटा छथर जोरपाटी–४ पानीट्याङ्की बस्ने ४७ बर्षीय ईन्द्रबहादुर लिम्बुको श्रीमतीको कुटाईबाट मृत्यु भएको छ ।
सोमबार बिहान ७ बजे श्रीमान श्रीमतीको घरायसी बिषयमा बादबिवाद भई झगडा हुँदा श्रीमती धनमाया लिम्बुले ईन्द्र बहादुरलाई घरेलु हतियार तथा लाठीले टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
घटनामा संलग्न धनमायालाई पक्राउ गरी थप अनुसन्धान तथा कानुनी कारबाही भईरहेको प्रहरीले जनाएको छ