पर्वतमा पहिलोपटक भित्रियो मकै छर्ने मेसिन

१४ चैत ७४, बिहीबार

पर्वत, चैत १५
जिल्लामै पहिलोपटक पर्वतको फलेवास नगरपालिकामा मकै रोप्ने (सिडर) मेसिन भित्रिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू भएको फलेवास नपा वडा नं १, ३ र ४ का किसानलाई परियोजनाको जोन कार्यान्वयन एकाई कार्यालय मुडिकुवाले तीनवटा मेसिन अनुदानमा वितरण गरको हो ।

कार्यालयले मिनी पावरटिलर र त्यसमै जडान गर्न मिल्नेगरी निर्मित मकै रोप्ने (सिडर), छोडाउने (कन्सेलर) र खोल्स्याउने मेसिन किसान समूहलाई वितरण गरेको हो । बारीमा पावरटिलरले जोत्दै मकै रोप्ने यो मेसिन जिल्लामै पहिलोपटक भित्रिएको हो ।

कार्यालयमा बुधवार आयोजित कार्यक्रममा फलेवासको वडा नं. १ कार्कीनेटाको अन्नपूर्ण दुग्ध सहकारी संस्था, शंकरपोखरीको शिवशंकर कफी सहकारी र मुडिकुवाको तल्लो सेराफाँट कृषक समूहलाई मेसिन हस्तान्तरण गरिएको हो । रु ६५ हजार पर्ने मिनी पावरटिलरमा जडित मेसिनले प्रतिदिन ६ देखि ७ रोपनी बारीमा मकै रोप्न मिल्ने वरिष्ठ कृषि अधिकृत बसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

Advertisement

मकै जोन कार्यालयले पाइलट प्रोजेक्टका रूपमा न्यूनतम २० रोपनी जमिनमा अनिवार्य मकै लगाउने समूहलाई मेसिनसहितको हलो वितरण गरको छ । समूहमा आवद्ध किसानलाई कार्यालयले चालू वर्ष २० रोपनीका लागि आवश्यक मकै बीउ, मल र आवस्यक परे विषादीसमेत अनुदान दिने कार्यक्रम छ ।

‘यो नयाँ अभ्यास हो,’ कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत वसन्तकुमार श्रेष्ठले भने, “सफल भए अर्को वर्षदेखि कार्यक्रम र मेसिन थप्छौं ।” पावरटिलरमा मकै लगाउने मेसिन (सिडर ) को सहायताले मकै रोप्दा २० जनासम्म कामदारको श्रम घट्ने कृषि प्राविधिकहरु बताउँछन् । सिडर जडित टिलर एक्लै चलाउन मिल्ने उनले बताए । गाउँमा जनशक्तिको अभाव र गोरु पाल्ने प्रचलन हट्दै गएका बेला यो मेसिन बढी उपयोगी हुने कृषकको भनाई छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

अल्जेरियाको सानदार पुनरागमन जित, २–१ले हार्दै जोर्डन बाहिरियो

6b88b911-9c1f-4ff3-b55f-83e6332284bc

विश्वका १ अर्ब मानिस ‘हिट स्ट्रेस’को चपेटामा

garmi

एसयूभी ओरा ५ ईभी नेपाली बजारमा सार्वजनिक, एकपटक चार्ज गर्दा ५२० किलोमिटर

b81d8dd4-e61c-4168-b7a6-d05ae061c6c3

डिगो नेपालको पहिलो ओटीटी लाइसेन्स प्राप्त गर्ने प्लेटफर्म बन्यो

71a582fd-c7c8-4e6d-bbc8-ff7d56b35553

महाधिवेशन सक्न रास्वपालाई हम्मेहम्मेः प्रतिनिधि थपिएपछि एक दिन लम्बियो

1000480255

नेपालको निर्यात सोयाबिन र अलैंचीले सुधार्याे

141afa71-6e09-4684-a194-bf9c5bddf17e

चितवनमा गगनले खोलेको ८५ जनाको कत्लेआम के थियो ?

RSP Nepal netaharu_NPL (6)

नेपाल कालोसूचीको डिलमा,खैरो सूचीबाट निस्कन नेपालले के–के गर्नुपर्छ?

Screenshot 2026-06-22 144548

अबको ३० वर्ष नेपालको राजनीति रवि र बालेनकै वरिपरि ?

1000480255

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

सम्बन्धित समाचार

Scroll to Top