८ बैशाख, विराटनगर ।
विराटनगरस्थित कोभिड १९ विशेष अस्पतालको आइसोलेसनमा उपचाररत उदयपुरमा भेटिएका दुई नेपालीसहित १३ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ । सोमबार प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उक्त अस्पतालको अनुगमन गरेका छन् ।
अनुगमन पछि मन्त्री घिमिरेले उपचाररत सवैको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका हुन् । उनले अस्पतालको समग्र अवस्था र समस्याका बारेमा अस्पताल प्रशासनसंग जानकारी लिएका थिए । मन्त्री घिमिरेले अस्पतालमा उपचाररत विरामीसंग समेत उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको बताए ।
उनले अस्पताल प्रशासनलाई अस्पतालको सुविधा र व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन पनि दिएका छन् । कारोना संक्रमित ती विरामीहरुलाई उदयपुरबाट विराटनगर ल्याइएको हो । त्रियुगा नगरपालिका–३ भुल्केस्थित एक मस्जिदमा बस्दै आएका उनीहरुमा कोरोना पोजिटिभ देखिएपछि विराटनगर ल्याइएको हो ।
¥यापिड टेस्टमा कोरोना नेगेटिभ आएपनि थ्रोट स्वाबबाट गरिएको पिसिआर परीक्षणमा उनीहरुमा प्रिजम्टिभ पोजेटिभ देखिएको थियो । विराटनगर ल्याइएका संक्रमितहरु सबै पुरुष हुन् । भुल्केस्थित मस्जिदमा संक्रमण देखिएपछि त्यस क्षेत्रका २ सय ५१ जना स्थानीयको स्वाब संकलन गरी नेपाली सेनाले परीक्षणका लागि टेकु अस्पताल पठाएको छ । उनीहरुको रिपोर्ट आउन बाँकी रहेको छ।