१० वैशाख, काठमाडौँ ।
उपन्यासकार तथा पत्रकार पिटर जे कार्थकको ७७ वर्षको उमेरमा बुधबार निधन भएको छ।
उनी क्यान्सरको आशंकामा केही सातायाता ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार गराइरहेका थिए। क्यान्सरको पुष्टि नभइसकेका पिटरको हृदयाघातका कारण बुधबार बिहान साढे पाँच बजे निधन भएको उनको पारिवारिक स्रोतले जानकारी दिएको छ।
क्यान्सरको आशंकामा उनलाई केही सातायता उक्त अस्पतालमा भर्ना गरिएको थियो। केही दिनअघि उनी कुपण्डोलस्थित घर फिर्ता भएका थिए। मंगलबार थप उपचारका लागि अस्पताल पुर्याइएका पिटरको बुधबार बिहान हृदयाघातका कारण निधन भएको हो।
प्रत्येक ठाउँ प्रत्येक ठाउँ उपन्यासका लागि साझा पुरस्कार विजेता पिटरको नेपाली र अंग्रेजी दुवै भाषामा उत्तिकै दख्खल थियो। हिमालयन टाइम्स, काठमाडौँ पोस्ट र रिपब्लिकालगायत अंग्रेजी दैनिकहरुमा उनले लामो समय कपि एडिटरका रुपमा काम गरेका थिए।
दार्जिलिङमा जन्मेका पिटर युवावस्थामा काठमाडौँ आएका थिए। त्यसपछि उनी काठमाडौँमै बसोबास गर्न थालेका हुन्।