×

NEPAL TIMES UPDATES

Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026

लकडाउनका कारण पुनर्निर्माणको कार्यमा गम्भीर असर : सिइओ ज्ञवाली

१० बैशाख २०७७

१० बैशाख, काठमाडौँ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले कोरोना भाइरसको नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण पुननिर्माणको कार्यमा असर पारेको बताएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीले बुधबार  नेपाल टाईम्सकाका संबाददातासँग कुरा गर्दै कोरोना भाइरसको महामारीको असर पुननिर्माणको कार्यमा गम्भिर रुपमा परेको बताए ।

२०७२ साल वैशाख १२ गतेको भूकम्प पछिको ५ वर्ष पूरा हुन दुईदिन बाँकी छँदा प्राधिकरणका सिइओ ज्ञवालीले लकडाउनका कारण अर्थतन्त्रमा गम्भिर असर गरेको र यसले पुननिर्माणको बजेटमा समेत असर पार्ने बताए । उनले कोरोनाले राजस्व संकलनमा प्रभाव पार्ने र यसले प्राधिकरणको श्रोत व्यवस्थापनामा समेत असर पार्ने बताए । तर निजी आवासको पुननिर्माणका लागि बजेट अभाव हुन नदिने उनले बताए । यस्तै विद्यालय र स्वास्थ्य संस्थाको पूर्वाधारको पुननिर्माणमा पनि ध्यान दिइएको र विश्व बैंक लगायतका दातासँग छलफल भइराखेको उनले बताए । यस्तै सरकारका विभिन्न निकायले पुननिर्माणको कामलाई निरन्तरता दिन सक्ने क्षमता राख्ने भएकाले पुननिर्माण प्राधिकरणको अवधि सम्पन्न हुँदा समेत कुनै फरक नपर्ने उनले बताए । सिइओ ज्ञवालीले स्रोत साधनको कमिको कारण वा समय अभावको कारणले पुननिर्माणको काम प्रभावित नहुने समेत बताए ।

सिइओ ज्ञवालीले कोरोनाले पारेको प्रभावले पुननिर्माणका बाँकी काम सम्पन्न गर्न चुनौती थपिदिएको समेत बताए । उनले प्राधिकरणले अहिले सम्म निजी आवास पुननिर्माणको काममा ८८ प्रतिशत प्रगति भएको बताए । अहिले सम्म ६३ प्रतिशत अर्थात ४ लाख ९४ हजार निजी आवास पुननिर्माण सम्पन्न भइसकेको र २५ प्रतिशत अर्थात १ लाख ९० हजार १ सय ४५ निजी आवास पुननिर्माणको चरणमा रहेको उनले बताए । यस्तै अन्तिम किस्ता भुक्तानीका लागि प्रमाणिकरण गरिएका लाभग्राहीको संख्या ७२ प्रतिशत अर्थात ५ लाख ६१ हजार ६ सय ५० रहेको समेत उहाँले बताए । निजी आवस पुननिर्माणका लागि ७ लाख ८१ हजार १ सय ७६ लाभग्राहीसँग अनुदान सम्झौता भएको छ ।

यस्तै भुकम्पबाट क्षतिग्रस्त ७ हजार ५ सय ३ विद्यालयमध्ये ७४ प्रतिशत विद्यालयहरु अर्थात ५ हजार ५ सय ९८ विद्यालयको पुननिर्माण सम्पन्न भइसकेको छ । १ हजार ४ सय ९२ अर्थात २० प्रतिशत विद्याय पुननिर्माणको क्रममा रहेका छन् । ३२ जिल्लाका ९ सय २० वटा सम्पदा मध्ये ४ सय २ वटाको पुननिर्माण सम्पन्न भइसकेको पनि सिइओ ज्ञवालीले बताए । यसबाहेक १ सय ४१ सम्पदा पुननिर्माणको चरणमा छन् । काठमाडौं उपत्यका भित्र विश्व सम्पदा क्षेत्र भित्र रहेका १ सय ७० वटा सम्पदा मध्ये १ सय १ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने ५४ वटा पुननिर्माणको क्रममा छन् । यसबाहेक १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ भने १ सय ४५ वटा पुननिर्माणको क्रममा छन् । स्वास्थ्य क्षेत्रमा ६८ प्रतिशत प्रगति भएको छ । यस्तै ४ सय १५ सरकारी भवन मध्ये ३ सय ४९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ । ४९ वटा पुन निर्माणको क्रममा छन् । सुरक्षा निकायका १ सय ९४ संरचनाको पुननिर्माण सम्पन्न भएको र २२ वटा पुननिर्माणको क्रममा चरणमा रहेको उनले बताए ।

भूकम्पपछि असुरक्षित स्थानमा रहेका लाभग्राहीमध्ये ४ हजार २ सय ४ जना लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गाको व्यवस्था मिलाइएको र ८ हजार ७ सय ४४ लाभग्राहिका लागि जग्गा खरिद र अन्य वैकल्पिक व्यवस्थाद्धारा आवास पुननिर्माण गर्ने वातावरण प्राधिकरणले मिलाइ सकेको छ । यस्तै ४३ वटा एकीकृत वस्तीको योजना स्वीकृत भएको छ भने ९ वटाको पुननिर्माण सम्पन्न भइसकेको छ । २७ वटाको डिपिआर स्वीकृत भई निर्माणको तयारीमा छन भने ७९ वटा पुननिर्माण हुँदैछन् ।

विभिन्न जिल्लामा ७ सय ६२ किलोमिटर सडक पुननिर्माण गर्नुपर्नेमा ४ सय ४३ किलोमिटर सडक पुननिर्माण सम्पन्न भइसकेको छ । यस्तै ३ सय १९ किलोमिटर सडकको पुननिर्माण अन्तिम चरणमा पुगेको छ । खानेपानी विभाग मार्फत १ हजार वटा खानेपानी योजना सम्पन्न भएका छन भने १ सय वटा योजना कार्यान्वयनको चरणमा रहेका छन् ।

प्राधिकरणले अहिले सम्म ३ खर्ब ८१ अर्ब रुपैयाँ खर्च भएको समेत बताएको छ । पुननिर्माणका लागि अहिलेसम्म सरकार र दातृ निकायबाट ३ खर्ब ९ अर्ब रुपैयाँ र गैरसरकारी संस्थामार्फत ७२ अर्ब रुपैयाँ खर्च भएको छ ।

भर्खरको समाचार

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

सम्बन्धित खबरहरु

Scroll to Top