सिसिटिभी फुटाउँदै हुम्लाका आधा दर्जन पसलहरुमा चोरी

११ बैशाख ७७, शुक्रबार

१२ वैशाख, सिमकोट ।
बिहीबार हुम्लाका आधा दर्जन पसलहरुमा चोरी भएको छ ।

लकडाउन जारी रहेको बेला बिहीबार राती सदरमुकाम सिमकोटको मुख्य बजार क्षेत्रका पसलहरुमा चोरी भएको हो । कालीचोक स्थित आदित्य जनरल स्टोरका दुईवटा पसलमा एक साथ चोरी भएको पसल संचालक रेशम महतले बताए । चोरले सुरक्षाका लागि राखिएको सिसिटिभी पनि फुटाएको छ ।

सिसिटिभि फुटाउनु अगाडिको फुटेजमा चोरी गर्न आउने व्यक्तिले मास्क लगाएको देखिएको प्रहरीले जनाएको छ । कालीचोककै पानस कम्प्युटर एण्ड डिजिटल फोटो सेन्टरमा पनि चोरी भएको छ भने एसपी जनरल स्टोरमा पनि ताला काटिएको छ ।

काठेचुली चोकमा रहेको बालाजी सुनचाँदी पसलको पनि ताला काटिएको छ । सुरक्षा प्रवन्ध प्रभावकारी नहुँदा चोरीका घटना बढ्दै गएको व्यापारीले बताएका छन् । व्यापारी सरोज रावतले प्रहरीले सुरक्षा गस्ती नै नगरेको आरोप लगाए ।

चोरीको घटनाबारे अनुसन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीमगरले बताए ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top