Nepal Times
Nepal Times
3
Shares

पाथिभरा क्षेत्रमा भेटीयो मरेको रेड पाण्डा

पाथिभरा क्षेत्रमा भेटीयो मरेको रेड पाण्डा

ताप्लेजुङ, चैत १६
हिमाली जिल्ला ताप्लेजुङको पाथिभरा क्षेत्रमा मरेको रेड पाण्डा भेटिएको छ । विश्वमै दुर्लभ रेडपाण्डा कुकुरले मुखमा च्यापेर पाथीभरा मन्दिर छेउमा ल्याए पछि फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

 

मरेको अवस्थाको रेडपाण्डा कुकुरले ल्याएको हो कि कुकुरले मारेको हो भन्ने बारे केहि खुलेको छैन । जिल्ला वन अधिकृत बिष्णुलाल घिमिरेले रेडपाण्डा मृत अवस्थामा रहेको जानकारी पाउनासाथ जिल्ला वन कार्यालयको टोली रेडपाण्डा फेला परेको स्थलतर्फ गएको बताए । मृत अवस्थाको रेडपाण्डाको पोष्टमार्टम गरेर प्रतिवेदन आएपछि मात्र मरेकोे कारण खुल्ने बन अधिकृत घिमिरेले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.