Nepal Times
Nepal Times
3
Shares

लियो क्लब ३२५ ए १ अध्यक्षमा रंजन शाही

लियो क्लब ३२५ ए १ अध्यक्षमा रंजन शाही

विराटनगर, चैत १६
लायन्स क्लब ईन्टरनेशनल को युथ प्रोजेक्ट लियो डिस्ट्रीक्टको अधिवेशन विराटनगरमा सम्पन्न भएको छ । यही चैत १० गते बिराटनगरको उद्योग संगठनको हलमा आयोजित लियो डिस्ट्रीक्ट ३२५ ए १ को छैटौं अधिवेशनसम्पन्न भएको हो । उक्त अधिवेशनमा लिaयो डिस्ट्रीक्ट ३२५ ए १ को अध्यक्षमा रन्जन कुमार शाही निर्वाचीत भएका छन् ।

 

समितिको उपाध्यक्षमा रन्जित भगत निर्वाचीत भए । नेतृत्वका लागि लियो क्लब अफ बिराटनगर योङ हार्टका संस्थापक अध्यक्ष तथा लियो डिस्ट्रीक्ट ३२५ ए १ का डिस्ट्रीक्ट भाईस प्रेसिडेन्ट रंजन कुमार शाही र मनिगाल ग्लोबल लियो क्लबका पुर्वअध्यक्ष लियो सन्तोष बुढाथोकी बिच प्रतिष्पर्धा भएको थियो ।

निर्वाचनमा १६१ जनाको मत खसेकोमा ८ मत बदर भएको थियो । सन्तोष बुढाथोकीलाई २४ मत मात्र प्राप्त गरेका थिए । रंजन कुमार शाहीले १२९ मल ल्याएर निर्वाचीत भए । लियो डिस्ट्रीक्ट ३२५ ए १ मा पुर्व तथा उपत्यका क्षेत्रहरु अन्तर्गतका ५५ क्लब तथा १ हजार ८ सय भन्दा बढी सदस्य हरु रहेका छन ।

निर्वा्चित अध्यक्ष शाहीले सबै लियो तथा क्लब हरुलाई एक जुट बनाई नेतृत्व एवं व्यक्तित्व का साथै सेवाको कार्यहरु लाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । यो अधिवेशन लियोको ऐतिहासिक अधिवेशनको रुपमा रहेको लियो डिस्ट्रीक्टका जन सम्पर्क अधिकारी लियो मेहबुब आलमले जान्कारी दिए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.