×

NEPAL TIMES UPDATES

Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026
Playing
कटारीमा खोलाले बाँध फुटाएपछि गाउँ नै डुब्यो|| Nepal Times
Mar 12, 2026
Playing
रास्वपाका किशोरीको नाम कालोसूचीमा नराख्न आदेश, अब के हुन्छ ? || Nepal Times
Mar 12, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-28-2082 || Nepal Times
Mar 12, 2026

लकडाउनका बीच रातो मच्छिन्द्रनाथको रथारोहण सम्पन्न

१३ बैशाख २०७७

१३ वैशाख, काठमाडौं ।
वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।

शुक्रबार वैशाख शुक्लप्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । लक डाउनका कारण पुरै रथ नबनाएपनि देवतालाई राख्न मिल्ने गरी खट बनाएर रथारोहण गरिएको छ ।

धुमधामसँग र विधिपूर्वक मच्छिन्द्रनाथको रथारोहण पुल्चोकमा बनाइएको रथमा गराइने चलन भएपनि यो वर्ष लक डाउनका कारण परम्परालाई निरन्तरता दिन मच्छिन्द्रनाथ राखिएकै स्थानमा रथारोहण गरिएको छ ।

लक डाउनले पुरै रथ बनाउन नसकिएपनि महामारी अवस्थाबाट मुक्त हुन सकियोस, कसैलाई पनि रोग नलागोस भनेर मच्छिन्द्रनाथको रथारोहण गरिएको मुख्य पुजारी कमलराज बज्राचार्यले बताए । नौंदिन अगाडीबाट व्रत बसेर विभिन्न ठाउँमा पुजा गरिन्छ ।

पुजाहरु सकाएर आमाको मुख हेर्ने दिन कुटुबहाल दहमा गएर त्यही बास बस्ने र भोलीपल्ट मच्छिन्द्रनाथ ल्याउने पराम्परा रहेको उनले बताए । लक डाउनका कारण रथ निर्माण नगरिएपछि यो वर्ष पाटनको तःबहालमा रहेको मन्दिरबाट मूर्तिलाई निकालेर त्यहीको पाटनमा राखिएको छ ।

लक डाउनको अन्त्य र महामारीको परिस्थिति हेरेर रथ निर्माण गर्ने र जात्रा सञ्चालन गर्न बताइएको छ । तर यो वर्ष परम्परा अनुसार मच्छिन्द्रनाथको रथोरोहण गरिएपनि नगर परिक्रमा भने गराइएन् । लिच्छिवी राजा नरेन्द्रदेवका पालामा भारतको कारुपकामाख्या गइ रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामा ल्याइएको किंवदन्ती छ ।

गुरु गोरखनाथले नव नागको आसन बनाएर बसिदिएका कारण बाह्र वषर््ासम्म पानी नपरी अनिकाल लागेपछि राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचाजु, ललितज्यापु तथा र्कोटक नागराजासमेत कामरुपकामाख्या गइ रातो मच्छिन्द्र नागलाई काठमाडौं उपत्यका ल्याएको किंवदन्ती पाइन्छ ।

आफ्नो गुरु मच्छिन्द्रनाथ देखेपछि गोरखनाथ गुरुको दर्शनका लागि जाने क्रममा नवनागमुक्त भइ वर्षा र सहकाल लागेको विश्वास गरिन्छ ।

करिब दुई महिना चल्ने नेपालकै सबैभन्दा लामो रथयात्रा रातो मच्छिन्द्रनाथको रथलाई सुन्धारा, नुगल, लगनखेल हुँदै जावलाखेल पु¥याएर साइतअनुसार भोटो देखाइ मच्छिन्द्रनाथको मूर्तिलाई बुङ्मतीमा लगेपछि जात्रा समापन भएको मानिन्छ ।

जानकारहरुका अनुसार यो भन्दा अगाडी जस्तो सुकै अफ्ठ्यारो अवस्थामा पनि जात्रा रोकिएको थिएन् ।

भर्खरको समाचार

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

रेमिट्यान्स १२ खर्ब भित्रिदा वैदेशिक लगानी १०अर्ब, महँगीपनि बढ्यो

Remit

सम्बन्धित खबरहरु

Scroll to Top