कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्छ : सञ्चार राज्यमन्त्री

१५ चैत ७४, शुक्रबार

काठमाडौँ, चैत १६
सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर छलेर मोबाइल भित्रने क्रमलाई रोक्नुपर्ने बताएका छन् । नेपाल मोबाइल वितरक संघद्वारा आज यहाँ आयोजित प्रथम राष्ट्रिय अधिवेशनको उद्घाटन गर्दै उनले व्यापारीको लगानी सुनिश्चित गर्न र करमा देखिएको छली रोक्न सबै व्यापारी एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

राज्यमन्त्री बाँस्कोटाले मोबाइल फोनले जीवन शैलीमा सहजता ल्याउनुका साथै राष्ट्रिय अर्थतन्त्रमासमेत टेवा पुग्ने बताउँदै यस व्यवसायलाई व्यवस्थित र मर्या्दित बनाउँदै लैजानुपर्ने विचार व्यक्त गरे ।

नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालले नेपालमा विभिन्न कम्पनीका करिब चार हजारको हाराहारीमा मोबाइलका मोडलको स्तर स्वीकृति भएको जानकारी दिँदै आइएमइआइ रजिष्टेसन गर्नुपर्ने बाध्यकारी नियम आएपछि करछलीबाट आएका मोबाइलमा केही कमी आएको बताए ।

Advertisement

मोबाइल फोन इम्पोर्टर एशोसियनसनका अध्यक्ष दीपककुमार मल्होत्राले मोबाइलमा हुने कालोबजारीलाई रोक्न आफूहरू लागिपरेको भन्दै ग्राहकको चाहनाअनुरुप स्तरीय सेवा सुविधा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए ।

आयोजक संघका अध्यक्ष माधवप्रसाद रिजालले मोबाइलमा देखिएका विभिन्न किसिमको विकृतिलाई हटाउँदै जाने बताउँदै गुणस्तरहिन मोबाइल भित्रने क्रमलाई रोक्न राज्यले विशेष ध्यान दिनुपर्ने उल्लेख गरे ।

Advertisement

कार्यक्रममा राज्यमन्त्री बाँस्कोटाले नेपाल मोबाइल वितरक संघ नामक स्मारिकाको विमोचनसमेत गरे । एक तथ्याङ्कअनुसार नेपालमा एक वर्षमा रु २५ अर्ब बराबरको मोबाइल विक्री हुने गरेको छ ।
रासस

Advertisement

भर्खरको समाचार

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

सम्बन्धित समाचार

Scroll to Top