अमेरिकन आइडलका प्रतियोगी दिवेश पोखरेलले गरे भोट गर्न सबै नेपालीमा अपिल

१४ बैशाख, काठमाडौं । विश्वकै ठूलो गायन रियालिटी शो अमेरिकन आइडलमा दमदार प्रस्तुती दिँदै दर्शक तथा जजको मन जित्दै आएका नेपाली युवा दिवेश पोखरेलले भोट गर्न सबै नेपालीमा अपिल गरेका छन् ।

Advertisement

अमेरिकन आइडलमा विभिन्न चारणहरु पार गर्दै अगाडि बढिरहेका पोखरेललाई अब अगाडि बढ्नको लागि फ्यानको सहयोग आवश्यक पर्ने भएकाले भोट गरेर आफूलाई जिताउन सबै नेपालीमा अपिल गरेका छन् ।

Advertisement

उनले भोटिङ गर्ने तरिकाका बारेमा पनि जानकारी गराएका छन् । दिवेशले आफ्नो फेसबुक पेजमार्फत सबै फ्यानहरुलाई भोट गर्न अपिल गरेका हुन् । साथमा उनले आफूलाई यहाँसम्म अघि बढाउन सघाउने सबैलाई धन्यवाद दिएका छन् ।

संसारभरका संगीतप्रेमीको मन जितेका दिवेशलाई जिताउन भोटिङको अभियान पनि सुरु गरिएको छ । उनका परिवार र साथीभाइहरुसहित नेपाली फ्यानहरुले उनका लागि भोट गर्न अपिल गरिरहेका छन्। (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top