विदेशमा अलपत्र नेपालीहरुको उद्धार गर्न सांसद संग्रौलाको माग

१३ बैशाख ७७, आइतबार

१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा. डिला संग्रौलाले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट विदेशमा रहेका लाखौं नेपाली श्रमिक पनि नराम्ररी प्रभावित भएको भन्दै विदेशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार र इच्छुकहरूलाई तत्काल स्वदेश ल्याउन सरकारसंग माग गरेकी छन् ।

आइतबार श्रम मंत्री रामेश्वर राय यादवलाई एक ज्ञापनपत्र पठाउंदै सांसद संग्रौलाले विभिन्न मुलुकमा कोरोना बाहेकका कारणले ज्यान गुमाएका एक सय भन्दा बढी श्रमिकहरूको शव भएको जानकारी आएको र उनीहरूको शव यथाशिघ्र नेपालल्याई सम्बन्धित परिवारलाई जिम्मा लगाउने व्यवस्था मिलाउन माग गरेकी छन् ।

छायां श्रम मंत्री पनि रहेकी सांसद संग्रौलाले कोरोना महामारीपछि सिर्जना हुने भयावह बेरोजगारी समस्या समाधानका लागि सरकारले पूर्व तयारी गर्न आवश्यक छ भन्दै उनले आन्तरिक रोजगारी सृजना र प्रवर्द्धन गर्ने कार्यक्रम तत्काल ल्याउन माग गरेकी छन् ।

Advertisement

न्यून आय भएका, एकल महिला, अपांग, गरीबीको रेखा मुनि रहेका तथा सीमान्त समुदायका मानिसहरुको पहिचान गरी कम्तिमा आउंदो छ महिनाका लागि न्यूनतम मासिक ५ देखि ७ हजार रुपियाँ तत्काल उपलब्ध गराउने व्यवस्था मिलाउन तथा सामाजिक सुरक्षा भत्ता पाइरहेका व्यक्तिहरुका लागि कम्तीमा तीन महिनाको भत्ता अग्रिम उपलब्ध गराउने व्यवस्था गर्न समेत सांसद संग्रौलाले माग गरेकी छन् । (रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top