प्रधानमन्त्री आगामी साता भारत भ्रमणमा जाँदै

१६ चैत ७४, शुक्रबार
Share this
744shares

काठमाडौँ, चैत १६
प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेदेखि भारतको राजकीय भ्रमण गर्नेभएका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीले भारतको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Advertisement

 

प्रधानमन्त्रीका साथ उनकी धर्मपत्नी राधिका शाक्य, मन्त्री, सांसद, नेपाल सरकारका सचिव तथा उच्च अधिकारी रहनेछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम बेंकैया नायडूसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तथा आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक वार्ता गर्नेछन् ।

Advertisement

वार्तामा आपसी चासोका विषयमा विचार आदानप्रदान हुने परराष्ट्र मन्त्रालयले भ्रमणको औपचारिक जानकारी दिँदै आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रधानमन्त्री ओलीसँग भारतको केन्द्रीय सरकारका मन्त्रिपरिषद्का केही वरिष्ठ सदस्यले शिष्टाचार भेट गर्नेछन् । उनी उत्तरखण्डको पन्त नगरस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयमा आयोजना हुने कार्यक्रममा पनि सहभागी हुनेछन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top