विराटनगर, चैत १६
धनगढी प्रिमियर लिगको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ । धनगढी स्थित संघीय ईकाई प्रहरी कार्यालयमा विषेश कार्यक्रमको आयोजना गर्दै डिपिएल दोस्रो संस्करणको ट्रफी सार्वजनिक गरिएको हो ।
ट्रफी सार्वजनिक कार्यक्रममा ६ वटै टिमका कप्तानको उपस्थिती रहेको थियो । साविक विजेता टिम चौराहा धनगढीका कप्तान सोमपाल कामी, विराटनगर किङ्सका पारस खड्का, सिवाइसी अत्तरियाका सुवास खकुरेल, महेन्द्रनगर युनाइटेडका विनोद भन्डारी , काठमान्डौ गोल्डेन्सका ज्ञानेन्द्र मल्ल र रुपन्देही च्यालेन्जर्सका शक्ति गौचन तथा धनगढी क्रिकेट एकेडेमकिा अध्यक्ष सुवास शाहीले संयुक्त रुपमा ट्रफी सार्वजनिक गरेका थिए ।
ट्रफी भारतमा बनाइएको हो । ट्रफिको तौल १२ केजी रहेको छ । गत सस्करणमा यहि ट्रफि टिम चौराहाले उचालेको थियो । ६ वटा टिमको सहभागिता रहेको प्रतियोगिताको विजेता टिमले २५ लाख र उपविजेताले १० लाख पुरस्कार पाउनेछन ।
यस्तै मोस्ट भ्यालुएवल प्लेयरले गोल्डेन बुट र म्यान अफ द सिरिजलाइ मोटरसाइकल पुरस्कार राखिएको छ । डीपीएलका लागि सवै टिम र अफिसियल धनगढी पुगीसकेका छन ।