कतारमा रोजगारदाताका समस्या सुन्न हटलाइन सेवा सञ्चालन

१४ बैशाख ७७, सोमबार

१५ वैशाख, एजेन्सी ।
कतार सरकारले त्यहाँका रोजगारदाताका समस्या सुन्न हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।

कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयले रोजगारदाताका समस्याहरुलाई मध्यनजर गर्दै हटलाइन सेवा सञ्चालनमा ल्याएको हो ।

विभिन्न क्षेत्रमा कार्यरत कुनै पनि कामदारहरुलाई रोजगारदाताले उपलब्ध गराउने खाना, सुरक्षित बस्ने प्रबन्ध तथा सुरक्षित कार्यस्थलको व्यवस्थापन सम्बन्धमा कुनै समस्या परेमा मन्त्रालयको हटलाइन नम्बर ४०२८०६६० मा सम्पर्क गरी आफूलाई परेका समस्याहरु राख्न सकिने छ ।

Advertisement

यी समस्याहरूको सम्बन्धमा मन्त्रालयले आवश्यक सहजीकरण तथा समाधान गर्ने जनाएको छ । यो भन्दा पहिले नै कतार सरकारले रोजगारदाता कम्पनीहरुले आफ्ना कामदारहरुलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन विभिन्न उपायहरु अपनाउन निर्देशन दिइसकेको छ ।

निर्देशनअनुसार अर्को सूचना नआएसम्म कम्पनीले कामदारलाई दिनमा ६ घण्टा मात्र काममा लगाउन पाउनेछन् । यस्तै श्रमिकको नियमित स्वास्थ्य परीक्षण तथा कार्यस्थल सुरक्षामा विशेष जोड दिन कतार सरकारले निर्देशन दिएको छ । निर्देशनको पालना नगर्नेलाई कडा कारबाही गर्ने कतार सरकारले जनाएको छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top