×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || March-13-2026 || Nepal Times
Mar 13, 2026
Playing
कति सुरक्षित छन् विदेशमा नेपाली श्रमिक?|| Nepal Times
Mar 13, 2026
Playing
खाने तेल लिटरको ५० रुपैयाँसम्म महँगियो|| Nepal Times
Mar 13, 2026
Playing
कुमार पौडेल ‘इ न्काउ ण्टर’प्रकरणः सीडीओसहित १० जनाविरुद्ध अनुशन्धान हुने || Nepal Times
Mar 13, 2026
Playing
इरान युद्धमा एक्लियो अमेरिका,यूएईलेपनि जमिन प्रयोग गर्न नदिने|| Nepal Times
Mar 13, 2026
Playing
इरानी सर्वाेच्च नेताले जारी गरे अमेरिका हल्लाउने सन्देश, दुबई, कुबेतमा आ क्रमण|| Nepal Times
Mar 13, 2026
Playing
Balen को क्याबिनेटमा को कुन मन्त्रालयका आकांक्षी ?|| Nepal Times
Mar 13, 2026
Playing
आज पनि वर्षाको सम्भावना, हिजो चितवनमा १२६ मिलिमिटर वर्षा || Nepal Times
Mar 13, 2026
Playing
राजनीतिको कठिन मोडमा काँग्रेस र एमाले || Nepal Times
Mar 12, 2026
Playing
हर्क सिंहदरबार हल्लाउन तयार,ढुङ्गा बोक्ने हातले अब कानुन लेख्ने|| Nepal Times
Mar 12, 2026

होटल व्यवसाय ठप्प हुँदा अर्बाैकाे नोक्सानी

१५ बैशाख २०७७

१५ बैशाख, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम रोकथामका लागि देश लकडाउनमा रहेको एक महिना भन्दा बढी भइसकेको छ । यसले मानविय क्षति हुनबाट देशलाई जोगाएको छ । तर अर्थतन्त्रमा भने इतिहासमै सबैभन्दा ठूलो असर पारेको छ ।

देशका सबै क्षेत्रहरु ठप्प छन् ।सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा परेको छ । देशभर सञ्चालनमा रहेका होटलहरु पनि पूर्ण रुपमा बन्द छन् । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारी र त्यसको नियन्त्रण तथा रोकथामका लागि देश पूर्ण रुपमा लकडाउन भएपछि नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा धेरै असर परेको छ । पर्यटन क्षेत्र भित्र पनि होटल व्यवसायमा सबैभन्दा धेरै नोक्सानी भएको छ ।

नेपालमा रहेका तारे होटल, रिसोर्ट, होमस्टे लगायत अन्य होटलहरु पूर्ण रुपमा बन्द भएको छ । यसबाट होटल व्यवसायमा अर्बौको नोक्सानी मात्र भएको छैन ठूलो संख्यामा बेरोजगारी बढ्ने खतरा समेत बढेको छ । खासगरी तारे होटल, होमस्टे एवं रिसोर्टहरुका ग्राहक पर्यटक हुन् । तर देश लकडाउनमा भएपछि सबै उडानहरु स्थागित भएको र मानिसहरुको आवागमन ठप्प भएपछि होटल व्यवसायमा अर्बौंको नोक्सानी भएको छ ।

नेपालमा १५ भन्दा बढी पाँचतारे होटल, ८ वटा चारतारे होटल, ३७ वटा तीन तारे होटल, ४३ वटा दुईतारे, ३३ भन्दा बढी एकतारे होटल सञ्चालनमा रहेका छन् । यसबाहेक देशभर साढे दुइसय भन्दा बढी होमस्टे सञ्चालनमा छन भने पर्यटक स्तरका होटलहरु १ हजार १ सयभन्दा बढी सञ्चालनमा छन् । यी सबै होटलहरु अहिले बन्द रहेका छन् । जसका कारण होटल क्षेत्रमा अर्बौं रुपैयाँ नोक्सानी भएको छ । नेपालको होटल क्षेत्रमा बैंकहरुले समेत कर्जा लगानी गरेका छन् । व्यवसाय नै ठप्प भएपछि बैंकको किस्ता भुक्तानी गर्न समेत होटल व्यवसायीहरुलाई समस्या पर्ने देखिन्छ ।

होटलको अकुपेन्सी रेट शुन्य अवस्थामा आउँदा पनि अहिले सम्म होटल क्षेत्रको क्षतिको लागि सरकारले कुनैपनि प्याकेज ल्याएको छैन् । होटल व्यवसायीहरुले छोटो समयमा देखिएको यो संकटले अर्को दुई वर्षसम्म असर पार्न सक्ने बताउँदै आएका छन् । देश लकडाउनका कारण ठप्प बनेपछि नेपालको अर्थतन्त्र नै चौपट भएको छ । नेपालमा चिनियाँ, भारतीय, एवं युरोपियन पर्यटकहरु सबैभन्दा धेरै आउने गरेका छन् । कोरोना भाइरस महामारीका कारण सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० पनि स्थगित भइसकेको छ । पर्यटन वर्षमा धेरै पर्यटक ल्याउन ठूलो लगानी गरेका होटल व्यवसायीहरु होटल बन्द गरेर बस्नुपरेपछि अझ बढी समस्यामा छन् । सरकारले होटल क्षेत्रकालागि उचित समयमै उचित राहत दिन नसके खर्बाैं रुपैयाँ लगानी भएको होटल क्षेत्र बन्द हुने मात्र नभई नेपालको पर्यटन क्षेत्र नै बन्द हुने अवस्थामा पुग्ने छ । यसबाट देशले खर्बौंको आम्दानी गुमाउने मात्र नभई लाखौं नागरिको रोजगारी समेत गुम्ने छ ।

भर्खरको समाचार

बादल मुछिएको ज्यानमुद्दामा अनुसन्धान गर्न सर्वोच्चको परमादेश

bed81832-fed9-4125-851f-e509c507d70c

कोमामा रहेका भनिएका खामेनीले रगतको बदला लिने,होर्मुज’को अवरोध नखुल्ने

trump khameni missiel

बालेन क्याबिनेट कस्तो हुनेछ ? मन्त्री बालेनले छान्ने रविसँग परामर्श

balen rabi rasopa team

आज यी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

mausam

क्यालिफोर्निया इरानको राडारमा, इरानमा अहिलेसम्म के–के भयो?

MixCollage-12-Mar-2026-08-27-AM-2238

सुर्खेतकी इनिशाको निर्मला, निरुकै जस्तो नियति, खोई अपराधी ?

Untitled design

इतिहासकै सबैभन्दा लज्जास्पद निर्वाचन नतिजापछि बोले ओली

kp oli sad

इरानले होर्मुजमा धराप थाप्यो, कसरी आउँछन् इन्धन जहाज ?

Screenshot 2026-03-12 085015

बालेनको अब हिँड्ने बाटो, अवसरसँगै परीक्षा

balen rabi rasopa team

इरान युद्ध लम्बिएपछि ट्रम्पका सल्लाहकारले मागे युद्धको ‘एक्जिट प्लान’

trump khameni missiel

सम्बन्धित खबरहरु

Scroll to Top