मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाको सत्यतथ्य पत्ता नलाग्नु दुखद

१६ चैत ७४, शनिबार

उर्लाबारी, चैत १७
राष्ट्पति विद्यादेवी भण्डारीले जनताको वहुदलीय जनवादका प्रणेता मदन भण्डारीको रहस्यमय जीप दुर्घटनाको बारेमा लामो सयमसम्म सत्यतथ्य पत्ता लाग्न नसक्नु दुखद् भएको बताएकी छन् ।

 

राष्ट्रपति भण्डारीले मदन भण्डारी स्मृति प्रतिष्ठानले मोरङको उर्लाबारी ३ मंगलवारेमा खडा गरेको मदन भण्डारी संग्रहालयको आज उद्घाटन् गर्दै सो कुरा बताईन् ।

Advertisement

राष्ट्रपति भण्डारीका श्रीमान मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जीप दुर्घटनामा निधन भएको थियो । स्वर्गीय नेता भण्डारीको योगदानको कदर स्वरुप संग्रहालय स्थापना गरिएको प्रतिष्ठानले कार्यक्रममा जानकारी दिएको छ ।

श्रव्यदृष्य सहितको संग्रहालयले मदनको सामाजिक रुपान्तरणको अभियानलाई चिरस्थायी बनाउने राष्ट्रपति विद्यादेवी भण्डारीले बताईन् । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द अधिकारीले मदनको योगदानको उच्चमुल्यांकन गर्दै संग्रालय स्थापना गरिएकोमा खुसी व्यक्त गरे ।

Advertisement

प्रतिष्ठानको १७ औं चुनावी साधारणसभाको अवसर पारेर संग्रहालयको उद्घाटन् गरिएको हो । कार्यक्रममा मदन भण्डारीको राजनीतिक यात्रा र दुर्घटना सहितको दृष्य समेटिएको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

२ विघा क्षेत्रफलमा अवस्थित संग्रहालयमा ३ तलामा गरी १६ वटा कक्ष रहेका छन् । चैत १८ गतेदेखि सर्वसाधारणका लागि संग्रहालय खुला गरिने प्रतिष्ठान अध्यक्ष गुरुप्रसाद वरालले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top