Nepal Times
Nepal Times
3
Shares

व्यापारीहरुकै संरक्षणमा कालोबजारी : मन्त्री यादव

व्यापारीहरुकै संरक्षणमा कालोबजारी : मन्त्री यादव

विराटनगर, चैत १७
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले व्यापारीहरुकै संरक्षणमा मुलुकमा कालोबजारी हुने गरेको खुलासा गरेका छन् । मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि व्यापारीहरुले सरकारलाई सहयोग नगरेको दावी पनि गरे ।

 

नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको सामूहिक भेटमा कालो बजारी हुन नदिन व्यापारीहरुले अभियाननै चलाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

मन्त्री यादवले कालो बजारी नियन्त्रणका लागि साथ दिन पनि व्यापारीहरुलाई आग्रह गर्नु भयो । त्यस अवसरमा उहाँले व्यापारीहरु सरकारमैत्री नभएको गुनासो पनि गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि बजार अनुगमनको कामलाई व्यवस्थित बनाउन उद्योगी, व्यापारीहरुसँग विस्तृत छलफल गर्ने मन्त्री यादवले योजना पनि सुनाए ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.