×

NEPAL TIMES UPDATES

Playing
अमेरिकाले जफत गरेको इरानी जहाज पाकिस्तानलाई हस्तान्तरण|| Nepal Times
May 04, 2026
Playing
के America र Iranबीच यु द्धविराम अन्त्य भएको हो ? || Nepal Times
May 04, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-21-2083 || Nepal Times|| Nepal Times
May 04, 2026
Playing
नेपालमा घण्टी बज्यो, तमिलनाडुमा सिठ्ठी|| Nepal Times
May 04, 2026
Playing
हिजबुल्लाहले पायो रुसी हति यार, Israelले रोक्न नसक्ने, फेरि खत रनाक खेल || Nepal Times
May 04, 2026
Playing
घरमा छापा मारेपछि आत्तिएका मुख्यमन्त्री बानियाँ के भन्दैछन् ?|| Nepal Times
May 04, 2026
Playing
युरोपेली गुप्तचरको निष्कर्ष– पुटिनको ह त्या हुन सक्छ|| Nepal Times
May 04, 2026
Playing
आज कोशीसम्मै वर्षा, हुरीबतास र चट्याङबाट बच्नु, बीपी राजमार्ग बन्द|| Nepal Times
May 04, 2026
Playing
Cambodia मा कठोर कानुन लागूः ५ लाख डलर जरिबाना र आ जीवन कैद || Nepal Times
May 04, 2026
Playing
बालेन सरकारले भारतसँग मल किन्ने, तर भारतले नै थापेको छ अड्को|| Nepal Times
May 04, 2026

सरकारी वकिल कार्यालयले पनि लिएन बस्नेत, श्रेष्ठ र खनालविरुद्धको अपहरण जाहेरी

१६ बैशाख २०७७

१६ वैशाख, काठमाडौं ।
जिल्ला सरकारी वकिल कार्यालयले पनि समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी लिन अस्वीकार गरेको छ।

आइतबार महानगरीय प्रहरी परिसर टेकुले उजुरी लिन इन्कार गरेपछि समाजवादीका नेताहरु मंगलबार किटानी जाहेरी दिन सरकारी वकिल कार्यालय पुगे पनि दर्ता गर्न आनाकानी गरेको हो।

Advertisement
Advertisement

प्रहरी कार्यालयले जाहेरी लिन नमानेको खण्डमा उक्त बेहोरासहित जिल्ला सरकारी वकिलको कार्यालयमा जोहरी दर्ता गर्न सकिने मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५ अनुसार समाजवादीका नेताहरु पुगे पनि राजनीतिक विषय भएकाले दर्ता गर्न अस्वीकार गरेको हो।

सरकारी वकिल कार्यालयले सात दिनको समय दिन आग्रह गरे पनि समाजवादीका नेताहरु तुरुन्तै दर्ता हुनुपर्ने अडान राखेका छन्। समाजवादीका सांसद डा. यादवलाई पार्टी विभाजनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेकपाका सांसदहरु महेश बस्नेत, किसान श्रेष्ठ र पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालले जनकपुरबाट काठमाडौँसम्म ल्याएका थिए।

उक्त प्रकरणलाई समाजवादीले अपहरण भएको भन्दै छानबिन गरेर दोषीमाथि कारबाही माग गर्दै आएको छ। जोहरी दर्ता गराउन जनता समाजावदीका नेताहरु राजेन्द्र महतो, उपेन्द्र यादव, केशव झालगायका नेताहरु पुगेका छन्।

यस्तै, जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईविरुद्ध उजुरी दिन नेकपाका कार्यकर्ताहरु पनि जिल्ला सरकारी वकिलको कार्यालय गएका छन्।

बाबुराम भट्टराईले रेडियो नेपालसँगको अन्तरवार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भष्मासुर भनेको भन्दै नेकपाका कार्यकर्ताहरु सोमबार साइबर अपराधमा कारबाही गर्न माग गर्दै महानगरीय प्रहरी परिसर पुगेका थिए।

Advertisement

तर आइतबार जस्तै प्रहरीले भट्टराईविरुद्ध उजुरी लिन इन्कार गरेपछि नेकपा निकट अखिलका अध्यक्ष ऐन मगरसहितका कार्यकर्ताहरु पनि सरकारी वकिल कार्यालय गएका हुन्।

भर्खरको समाचार

पुटिनको ज्यान जोखिममा, सुरक्षा बढाइयो

Vladimir-Putin

मलको हाहाकार र युद्धको बाछिटाः बालेनले किसानलाई मल देलान् ?

8f3c375b-11be-4738-96c3-2d56f6d2d987

राजा महेन्द्रको मौनताले गुमेको थियो लिपुलेक र कालापानी ?

mahendra-bir-bikram-shah-dev-59d8aa66ea8d42.19514437_MYCML1jMkd

रास्वपाबाट पालिकाको उम्मेदवार बन्न पनि चुनाव जित्नु पर्ने

balen rabi rasopa team

अमेरिकी एफ–३५ लडाकु विमान खसाल्ने चिनियाँ ‘ट्युटोरियल’ भाइरल

Screenshot 2026-05-04 132111

होर्मुजमा ट्रम्पले घोषणा गरेको प्रोजेक्ट फ्रिडम के हो ?

HORMUZ

बालेन सरकार र शीतल निवासबीचको सम्बन्धमा दरार ? यस्ता छन् ३ विकल्प

42412c11-68f9-4814-ade7-2710d505dd4c

लिपुलेकबारे नेपालको कडा नोटपछि मध्यरातमा भारतले के दियो जवाफ ?

Screenshot 2026-05-04 102749

जर्मनीबाट ५ हजार सेना फर्काउँदै अमेरिका, इरान युद्धले बढायो विवाद

iran-flag_TkC5X0MaQr

आज पनि वर्षा र हुरी, कहाँको मौसम कस्तो ?

mausam-2075-12-18-768x388

सम्बन्धित खबरहरु

Scroll to Top