आर्थिक वृद्धिदर २.२७ प्रतिशत मात्र हुने तथ्यांक विभागको प्रक्षेपण

१७ बैशाख, काठमाडौँ ।
केन्द्रीय तथांक विभागले यो आर्थिक वर्ष २.२७ प्रतिशतमात्रै आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६÷७७ को राष्ट्रिय लेखा तथ्यांक प्रतिवेदन सार्वजनिक गर्दै विभागले यस्तो प्रक्षेपण गरेको हो ।

सरकारले चालु आवको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । तर कोरोना महामारीका कारण यो लक्ष्य हासिल नहुने विश्लेषण सरकारले गरिसकेको छ । कोरोना महामारीको प्रभाव कहिलेसम्म हुने भन्ने यकिन गर्न नसकिएको अवस्थामा यो अनुमान तयार पारिएको प्रतिवेदनमा जनाइएको छ ।

विभागले होटल तथा रेस्टुरेन्ट र अन्तर्राष्ट्रिय यातायात क्षेत्र कहिले सुचारु हुन्छन् भन्ने अनुमान गर्न नसकिए पनि अन्य क्षेत्र भने जेठबाट क्रमशः सञ्चालन हुने अनुमानसहित यो प्रक्षेपण गरिएको जनाएको छ ।

अन्तर्राष्ट्रिय दातृ निकायले गरेको अनुमान अनुसार नै विभागको प्रक्षेपण सार्वजनिक भएको हो । विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ को हाराहारीमा हुने अनुमान सार्वजनिक गरेको थियो । यो वर्ष खानी तथा उत्खनन्, उद्योग, होटल तथा रेस्टुरेन्ट, यातायात, सञ्चार तथा भण्डारण क्षेत्र ऋणात्मक हुने विभागको अनुमान छ ।

यसअघि गत आर्थिक वर्ष २०७५/७६ मा नेपालको आर्थिक वृद्धिदर ६.७५ कायम भएको थियो । आर्थिक वर्ष २०७४/७५ मा भने ६.३५ प्रतिशतको आर्थिक वृद्धिदर कायम भएको विभागको तथ्यांकमा उल्लेख छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top