लालिगा भन्दा अघिनै स्पेनिस घरेलु फुटबल प्रतियोगिता सुरु हुने

१८ बैशाख, एजेन्सी । ला लिगा भन्दा अघि नै स्पेनिस घरेलु फुटबल प्रतियोगिता सुरु हुने भएका छन् । स्पेनिस सरकारले स्वीकृति दिएपछि घरेलु फुटबल प्रतियोगीता सुरु हुने भएसंगै खेलाडीहरु तयारीमा जुटेका छन् ।

Advertisement

कोरोनाका कारण पछिल्लो डेढ महिनादेखि बन्द रहेको ला लिगा क्लवहरुले सरकारको स्वीकृतिसँगै टिमको प्रशिक्षण पनि सुरु गर्ने भएका छन् ।

कोरोनाको संकटका कारण स्वास्थ्यमा पर्न सक्ने संम्भावित असरबाट बच्नका लागि विस्तृत विवरण तयार पारेसँगै सरकारले स्पेनमा लिग फुटबल सुचारु गर्न स्वीकृति दिएको हो ।

Advertisement

११ चरणका खेलहरु हुन बाँकी रहेको ला लिगामा बार्सिलोना रियाल मड्रिड भन्दा दुई अंकले अगाडी छ । संकटाका रुपमा रहेको संक्रमणका बिच स्पेनमा ला लिगा बन्द रंगशालामा गर्ने तयारी गरिएको छ ।

खेलका बेला संक्रमण नहोस भनेर स्पेनले चार चरणका योजना बनाएको छ । मे ४ देखि ११ तारिखसम्म पहिलो चरणको प्रशिक्षण सुरु गरिने बताइएको छ ।

Advertisement

यस्तै प्रशिक्षणका बेला पनि सामाजिक दुरी कायम गरेर गर्नुपर्ने नियम बनाइएको छ भने खेलाडी, प्रशिक्षक र कर्मचारीलाई हरेक दिन प्रशिक्षण सुरु भएपछि परीक्षण गरिनेछ ।

मंगलबार मात्र युइएफएले मे २५ तारिखसम्म सबै संघलाई घरेलु लिगको निर्णय दिन निर्देशन दिएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top