कार दुर्घटनामा एकको मृत्यु, दुई जना गम्भीर घाईते

१८ बैशाख ७७, शुक्रबार

१९ बैशाख, नवलपरासी नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका वडा नं १६ केराबारीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु २ जना घाईते भएका छन् ।

बिहिवार साझ बर्दघाट देखी त्रिबेणी जादै गरेको बा.१२ च २००९ नम्बरको कार तिब्र गतिका कारण अनियन्त्रित भई बिपरित दिशामा रहेको बिजुलीको पोलमा गएर ठोक्किँदा सवारी चालक बर्दघाट नगरपालिका वडा नं ४ बस्ने ४५ बर्षिय हरि भुर्तेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बिरेन्द्र थापाले बताए ।

Advertisement

यसैगरी पछाडी सवार सोही ठाँउका राम प्रसाद पाण्डे र गोकर्ण शर्मा घाईते भएको हुदाँ उपचारको लागी भरपुर पठाईएको थापाले जानकारी दिए ।

सवारी दुर्घटनामा परी मृत्यु भएको शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल परासी पठाईएको प्रहरीले बताएको हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top