×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

रहस्यमयी किम सार्वजनिक कार्यक्रममा देखिए

२० बैशाख २०७७

२० वैशाख, एजेन्सी ।
उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ–उनबारे विभिन्न हल्ला चलिरहेकै बेला २० दिनपछि उनी एउटा सार्वजनिक कार्यक्रममा देखिएका छन् ।

राजधानी प्योङयाङनजिकै रहेको सन्चेनस्थित एउटा मल कारखानाको उद्घाटन समारोहमा शुक्रबार नेता किम आफ्नी बहिनी किम यो जोङसहित अन्य वरिष्ठ अधिकारीसँगै सहभागी भएको उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) ले जनाएको छ ।

Advertisement
Advertisement

नेता किमले मल कारखानको उद्घाटन गरेपछि उनको सम्मानमा सबैले ताली बजाएको पनि केसीएनएले उल्लेख गरेको छ । समाचारसहित नेता किमले रिबन काटिरहेको र आफूनजिकका मान्छेसँग हाँसिरहेको र बोलिरहेको तस्बिर पनि सार्वजनिक गरिएको छ । उनले फ्याक्ट्रीको अनुगमन गरेको तस्बिर पनि प्रकाशित गरिएको छ ।

उत्तर कोरियाको आधिकारिक रोदोङ सिनमन पत्रिकाको वेबसाइटमा प्रकाशित ती तस्बिरको स्वतन्त्र पुष्टि भने भएका छैनन् । अप्रिल १५ मा आफ्ना दिवंगत हजुरबुवा एवं उत्तर कोरियाका संस्थापक नेता किम इल सङको जन्मजयन्ती समारोहमा सरिक नभएपछि किम जोङ–उन उनको स्वास्थ्य अवस्थाबारे विभिन्न अड्कलबाजी भएका थिए ।

त्यस्तै अप्रिल २५ को कोरियाली सेना स्थापना दिवसमा पनि उनी सहभागी भएका थिएनन् । सन् २०११ मा उत्तर कोरियाली सत्तामा आएदेखि उनी कहिल्यै पनि ती समारोहमा अनुपस्थित भएका थिएनन् ।

केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेता किम प्योङयाङको उत्तरी क्षेत्रमा रहेको रिसोर्ट काउन्टी अफ ह्याङसनमा उपचाररत रहेको विवरणसमेत सार्वजनिक गरेका थिए भने केहीले विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट बच्न उनी बोनसान गएको बताएका थिए ।

Advertisement
Advertisement

राज्य सञ्चालित उत्तर कोरियाली सञ्चारमाध्यमले भने नेता किमबारे केही बोलेको थिएन । तथापि उसले तस्बिर सार्वजनिक नगरिकनै नेता किमले दैनिक क्रियाकलाप गरिरहेको समाचार भने प्रकाशन गर्दै आइरहेको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top