×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

फुङलिङ बजारमा दोहोरियो आगलागीको श्रृङ्खला

२० बैशाख २०७७

२० वैशाख, ताप्लेजुङ ।
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा फेरि आगलागीको श्रृङ्खला दोहोरिएको छ ।

शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । निरौलाका अनुसार क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगलागी सुरु भएको दुई घण्टापछि राती १२ बजे आगो निभाइएको थियो ।

Advertisement
Advertisement

‘मान्छे नभएको खाली घरबाट आगलागी सुरुभयो भन्ने छ, कहाँ कसको बाट के कारणले आगलागी भयो यकिन छैन,’ निरौलाले भने, ‘सबै मान्छेहरु आत्तिइरहेकाले हामी तथ्यमा पुग्न सकिरहेका छैनौं ।’ आगो पूर्ण नियन्त्रणमा लिन बिहानसम्म पनि स्थानीय नागरिक, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी खटिएका थिए ।

दमकलबाट पटक–पटक पानी ओसारेर लगाइएको थियो । जस्तापाताका छाना भएको ठाउँबाट सुरु भएको आगलागीले खेम केसीको ४ तले पक्की घर पूर्णरुपमा जलेको छ । चन्द्रप्रसाद निरौलाको घरमा पुगेपछि आगो नियन्त्रणमा आएको थियो । निरौलाको पाँच तले घरको आधा भाग जलेको छ ।

जस्तापाताले छाएका नेत्र कार्की, भट्टराई बन्धुका दुई घर र टेकबहादुर लेछर्बोका घर जलेका छन । यसअघि सदरमुकामको वीरेन्द्र चोक, सदरमुकामको प्रवेशद्वार तोक्मे क्षेत्र, शेर्पाटोल र टुक्रेमा आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयको तथ्यां अनुसार सबै आगलागी हिउँद याममै भएका हुन ।

प्रहरीको तथ्यांकअनुसार आगलागिबाट सबैभन्दा बढी क्षति २०६० चैत १५ गते साँझ वीरेन्द्र चोकको आगलागीमा भएको थियो । त्यतिबेला ४५ घर जल्दा ५१ करोडभन्दा बढीको क्षति भएको थियो ।

Advertisement
Advertisement

२०७३ चैत ९ गते तोक्मे क्षेत्रमा भएको आगलागीमा ४४ घर जले, ४१ करोडभन्दा बढीको क्षति भएको थियो । २०६८ मा शेर्पाटोल र ६९ सालमा टुक्रे बजारमा आगलागी भएको थियो । शेर्पाटोलमा ८ करोड ५० लाख र टुक्रेमा ५ करोडभन्दा बढीको क्षति भएको उद्योग वाणिज्य संघले जनाएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top