लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि सीमा क्षेत्रमा थप कडाइ गर्ने प्रक्रिया अघि बढ्यो

२२ बैशाख, काठमाडौं । सरकारले सीमा क्षेत्रमा थप कडाइ गर्ने गरी आवश्यक प्रक्रिया अघि बढाएको छ । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि सीमा क्षेत्रमा थप सुरक्षा सर्तकता अपनाउन लागेको गृह मन्त्रालयले जनाएको छ ।

सीमाबाट लुकिछिपी नेपाल प्रवेश गर्ने क्रम नरोकिएपछि त्यसरी प्रवेश गर्नेलाई निगरानी गर्न सुरक्षा बल बढाउनेसमेत तयारी गरिएको छ । सीमामा खटिएका सुरक्षाकर्मीका लागि आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको गृह मन्त्रालयले जनाएको छ ।

यसअघि बसेको सुरक्षा समिति बैठकको निर्णय अनुसार महत्वपूर्ण क्षेत्रमा सुरक्षाको जिम्मा नेपाली सेनालाई दिने र त्यहाँ रहेका सशस्त्र र नेपाल प्रहरीलाई भने सीमा सुरक्षामा खटाउने गृहकार्य भइरहेको हो ।

Advertisement

कारागार, विकास निर्माण आयोजनालगायतका महत्वपूर्ण संरचनाको सुरक्षा जिम्मा नेपाली सेनालाई दिएर त्यहाँ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई सीमामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

गृह मन्त्री रामबहादुर थापाले कोरोना सङ्क्रमणको केन्द्र चीन, युरोप, अमेरिका हुँदै अब दक्षिण एसियातर्फ बढ्न लागेकाले खुला सीमाना रहेको कारण नेपालले विशेष सावधानीमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए । उनले सीमामा थप कडाइ गर्न र रातको समयमा थप गस्ती बढाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

Advertisement

गृह मन्त्री थापाले सीमा सुरक्षाका विषयमा भारत सरकारसँग पनि आवश्यक छलफल गर्ने बताएका छन् । यसअघि मन्त्रालयले सीमावर्ती जिल्लामा १४ हजार सुरक्षाकर्मीलाई बढाएर २२ हजार पाँच सय पुर्‍याएको थियो ।

Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top