झापामा महिलाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर

Share this
686shares

झापा, चैत १८
झापाको सदरमुकाम क्षेत्रका महिलाहरुलाई मध्यनजर गर्दै पाठेघर मुखको क्यान्सर जाँच तथा स्तन परिक्षण सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

Advertisement

 

भद्रपुर ६ स्थित सिटी गार्डेन होटलमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा नगरक्षेत्रका ३ सय १० जना महिलाले निःशुल्क जाँच तथा परिक्षण गरिएको थियो ।

Advertisement

रोटरी क्लब अफ् भद्रपुर, रोटरी क्लव अफ् यल पाटन, नेपाल अपाङ्ग संघ भद्रपुर र भद्रपुर मारवाडी महिला मञ्चको संयुक्त आयोजना भएको स्वास्थ्य शिविरमा नेशनल क्यान्सर हस्पिटल ललितपुरले सहयोग गरेको रोटरी क्लब अफ् भद्रपुरका अध्यक्ष सुरेशकुमार मित्तलले जानकारी दिए ।

जनचेतनाको कमीले स्वास्थ्य संस्थामा चेकजाँच गराउन जान नचाहने महिलाहरु समाजमा अहिले पनि रहेको र त्यस्ता महिलाले लाभ पाउन भन्ने उदेश्यले उपत्यका बाहिर आएर सेवा प्रदान गरिएको आयोजकले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top