धरान, चैत १८
माध्यमिक शिक्षा परिक्षा दिएर बसेका छात्राहरुलाई लक्षित गरी विगत ५ वर्षदेखि धरान जेसिजले आयोजना गर्दै आएको मिस एसईई यस वर्ष पनि हुने भएको छ ।
धरान जेसिजले पत्रकार सम्मेलन गरेर रिजल्टको पर्खाइमा रहेका छात्राहरुको शुन्य समयलाई सदुपयोग गर्न र उनीहरुमा भएको प्रतिभालाई निखार्न मिस एसईईको तयारीमा जुटेको जनाएको छ ।
आगामी वैशाख २९ गते धरान सभागृहमा ग्रयाण्ड फाइनल हुने भएको छ । प्रदेश नम्बर १ का विभिन्न स्थानबाट २५ देखि ३० जना छात्राहरु सहभागि हुने आयोजकको भनाई छ ।
अडिसनबाट छानिएका सहभागिहरुलाई व्यक्तित्व विकाश, उद्घोषणकला, नेतृत्वकला विकाशका तालिमहरु प्रदान गरिने कार्यक्रमका क्रियटिभ डाईरेक्टर गौरब संजालले बताए ।
विजेताले मिस एसईईको ताजसहित ४० हजार रुपैयाँ नगद पुरस्कार र प्लस टु अध्ययनका लागि छात्रवृत्ति पाउनेछन भने फष्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश ३५ हजार, ३० हजार नगद पुरस्कारसहित ताज र प्लस टु अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्राप्त गर्नेछन् ।