Nepal Times
Nepal Times
3
Shares

मुस्लिम अगुवाद्धारा शान्तिकालागि मानवताको सन्देश

मुस्लिम अगुवाद्धारा शान्तिकालागि मानवताको सन्देश

सुनसरी, चैत १८
सुनसरीको भोक्राहा गाउँपालिकाको इस्लामनगर नरसिंहमा मुस्लिम अगुवा तथा धर्म गुरुहरुको उपस्थितीमा शान्तिकालागि मानवताको सन्देश कार्यक्रम आयोजना गरिएको छ ।

 

मिल्लत एजुकेशनल एण्ड वेलफेयर सोसाइटी नेपालको आयोजनामा विश्व बन्धुत्व, आपसी सद्भाव र सभ्य समाज निर्माणकालागि सम्मेलनको आयोजना गरिएको हो ।

कार्यक्रममा भारत यूपीका अल इण्डिया तहरिक पयामे इन्सानित फोरमका महासचिव मौलाना बिलाल हसनी मदनी लगायतका मुस्लिम धर्म गुरु तथा अगुवाहरुले भाइचारा सहितको सद्भावयुक्त विश्व बन्धुत्व बारेमा मानवताको सन्देश दिएका थिए ।

नेपालका दुई दर्जन बढी स्थानमा शाखा रहेको वेलफेयर सोसाइटीमा आवद्ध मुस्लिम अगुवाहरुको कार्यक्रममा उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.