Nepal Times
Nepal Times
3
Shares

माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक

माईभ्याली गोल्डकपको खेल तालिका सार्वजनिक

झापा, चैत १८
आगामी वैशाख ६ गतेबाट शुरु हुन गईरहेको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ ।

तालिका अनुसार वैशाख ६ गतेको उद्घाटन खेल आयोजक र कास्की–११ बीच हुनेछ भने वैशाख ७ गते बंगलादेशको कावोरवान खेलकुद संघ र विभागिय टोली सशस्त्र प्रहरी बल बीच हुनेछ ।

वैशाख ८ गतेको खेल संकटा क्लब काठमाडौं र सिक्किम युनाईटेड सिक्किमबिच हुनेछ भने वैशाख ९ गते दुर्गापुर स्टिल कोलकाता र नेपाल प्रहरीको विभागिय टोलीबिच हुनेछ । वैशाख १४ र १५ गते सेमिफाइनलका खेलहरु संचालन हुनेछ ।

वैशाख १७ गते सोमबार बुद्ध जयन्तीको दिन फाइनल खेल हुने क्लबले जानकारी दिएको छ । पुर्वी पहाडको सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको चौथो संस्करण हो ।

प्रतियोगितामा भारत र बंगालादेश सहित नेपालका बिभागिय टीमहरु समेत गरी १२ वटा टीमको सहभागिता रहनेछ । बिजेतालाई ६ लाख ६६ हजार ६ सय ६७ रुपयाँ र उपबिजेतालाई चार लाख रूपैयाँ पुरस्कार दिइने छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.