सूचनाको अधिकार कुण्ठित हुँदैन : प्रधानमन्त्री ओली

२२ बैशाख, काठमाडाैँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव नहुने बताएका छन् ।

राष्ट्रिय सूचना आयोगको १३ औँ स्थापना दिवसका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले नागरिकको सही सूचना प्राप्त गर्ने अधिकारप्रति सरकारको निष्ठापूर्ण प्रतिवद्धता रहेको उल्लेख गर्दै सुशासन, विकास र लोकतान्त्रिक शासन व्यवस्थाको सुदृढीकरणका लागि सही सूचना प्रवाह एक महत्वपूर्ण आयाम भएको जनाए ।

Advertisement

उनको सन्देशमा भनिएको छ, “हाम्रो जस्तो खुला र लोकतान्त्रिक समाजमा सूचनाको अधिकार कुनै पनि तवरबाट कुण्ठित हुन सम्भव छैन । बरु सूचना प्रवाह र यसका माध्यमको निष्पक्षता, तटस्थता र सन्तुलन रहन सकेन भने नागरिकले सही सूचना प्राप्त गर्न सक्दैनन् । नागरिक सूचनाविहीन हुनु एउटा समस्या हो भने गलत सूचना प्रवाहबाट प्रभावित हुनु त्यो भन्दा ठूलो समस्या हो ।”

उनले सूचनाको हकसम्बन्धी व्यवस्थाको सफल कार्यान्वयनबाट मात्र लोकतान्त्रिक पद्धतिको सुदृढीकरण तथा सुशासन कायम गरी नागरिकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा आफू विश्वस्त रहेको स्पष्ट गर्दै आयोगले हालसम्म खेलेका भूमिकाको प्रशंसा गरे ।

कोरोना भाइरस रोकथामका लागि बन्दाबन्दी कायम रहेकाले आयोगले स्थापना दिवसमा आज कुनै औपचारिक कार्यक्रम आयोजना गरेन । सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम २०६५ वैशाख २२ गते आयोगको गठन भएको थियो ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top