×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कुवेतपछि मलेसियाले पनि आममाफी प्रक्रियामार्फत नेपालीलाई फर्काउने

२३ बैशाख २०७७

२२ वैशाख, काठमाडौं । कुवेतपछि मलेसियाले पनि आममाफीको प्रक्रिया सुरु गरेको छ । मलेसियाले १४ दिने सूचना निकालेर आममाफीको प्रक्रिया थालेको परारष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिएका छन् ।

लकडाउनकै समयमा कुवेतले थालेको आममाफी प्रक्रियामा ३५ सय नेपाली सहभागी भएर अहिले स्वदेश फर्कने अनुमति कुरिरहेका छन् ।

Advertisement
Advertisement

यसअघि साउदी अरेबियाले पनि आफ्नो देशमा कार्यरत अवैध कामदारलाई घर फर्किने मौका दिनेगरी सूचना जारी गरिसकेको मन्त्री ज्ञवालीले बताए ।

‘नयाँखालको समस्या थपिँदैछ, अवैध बस्ने नेपाली कामदारलाई कुवेतले दर्ता गरेको छ,’ सोमबार बिहान श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको भर्चुअल अन्तरक्रियामा मन्त्री ज्ञवालीले भने, ‘साउदीले यसअघि नै सूचना निकालिसकेको छ। मलेसियाले पनि हिजो मात्रै १४ दिने सूचना निकालेको छ ।’

मन्त्री ज्ञवालीले यी देशबाट भिसा अवधि सकिएर पनि बसेका अवैध कामदार नेपालमा आउने हो भने यस्तो संख्या ३० देखि ३५ हजार हुन सक्ने बताए ।

परराष्ट्रमन्त्री ज्ञवालीले विश्वव्यापी महामारीका बेला सामान्यतया कर्मचारी कटौती गर्ने कुरा सहमतिबेगर गर्न नमिल्ने बताए । उनले श्रम गन्तव्य मुलुकमा पुगेका कामदारहरूमा विभिन्न खालका समस्यालाई दूतावासमार्फत सहजीकरण गरेर समाधान गर्दै लगिएको बताए ।
सरकारले सम्वद्ध मन्त्रालयहरुले छलफल गरेको र आउन सक्ने सबै अवस्थाको आँकलन पनि गरेको बताए ।

यूएईले पनि अवैध कामदार फिर्ता लैजान प्रक्रिया थाल्ने निर्णय गरेको समाचार आएपछि प्रधानमन्त्रीले समकक्षीसँग छलफल गरेको ज्ञवालीले बताए ।

छलफलपछि यूएईले सबै नेपाली कामदारलाई स्वदेशीसरह नै व्यवहार गर्ने वचन दिएको र त्यहाँ कुनै आममाफीको प्रक्रिया थालनी नभएको ज्ञवालीले जानकारी दिए ।

‘श्रम गन्तव्य मुलकुहरूले श्रमिक खाँचो भएर हाम्रा नागरिक लैजानुभएको हो, हाम्रा नागरिकलाई रोजगारी आवश्यक भएर त्यहाँ पठाएका हौं,’ उनले भने, ‘यहाँ गिभ एन्ड टेक गरिएको हो । कसैले कसैलाई ठूलो उपकार गरेको हैन, हामीलाई विश्वास छ, कसैले कसैलाई अप्ठ्यारोमा पार्ने काम यो संकटका बेलामा हुँदैन ।’

परराष्ट्रमन्त्री ज्ञवालीले विश्वव्यापी महामारीका बेला समान्यतया कर्मचारी कटौती गर्ने कुरा सहमतिबेगर गर्न नमिल्ने बताए ।

उनले श्रम गन्तव्य मुलुकमा पुगेका कामदारहरूमा विभिन्न खालका समस्यालाई दूतावासमार्फत सहजीकरण गरेर समाधान गर्दै लगिएको बताए ।

उनले ३० हजार कामदार आउने अवस्था आयो भने त्यही क्षमताको क्वारेन्टाइन आवश्यक पर्ने बताए । ‘त्यति मान्छे बोकेर गाउँसम्म सुरक्षासहित पुर्‍याउने बस चाहियो, उहाँहरूको कम्तीमा र्‍यापिड किटमार्फत परीक्षण गर्नुपर्‍यो,’ मन्त्री ज्ञवालीले भने, ‘यसका लागि हामी योजना गर्छौं, हामी उहाँहरूप्रति निकै संवेदनशील छौं ।’

लकडाउनका कारण विभिन्न मुलुकबाट स्वदेश ल्याउन रोकिएका शवहरू ल्याउने कामलाई सरकारले प्राथमिकतामा राखेको मन्त्री ज्ञवालीको भनाइ छ ।

Advertisement

त्यस्तै, गर्भवती अवस्थाका महिला र बाबुआमा बितेर काजकिरियामा आउनुपर्ने अवस्थाका व्यक्तिलाई पनि नेपाल फर्काउन प्राथमिकता दिनुपर्ने देखिएको उनले बताए । तर, त्यसको प्रवन्ध कसरी गर्ने भनेर छलफल भइरहेको परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पारे ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top