स्पेनिस ला लिगा जुनको पहिलो साताबाट सुरु गर्ने आयोजकको तयारी

स्पेनिस ला लिगा जुनको पहिलो साताबाट सुरु गर्ने आयोजकको तयारी

२३ बैशाख, काठमाडौं । कोरोना भाइरसको कारण स्थगित भएको स्पेनिस ला लिगा फुटबल जुन महिनाको पहिलो हप्ताबाट सुरु गर्ने तयारी रहेको आयोजकले जनाएको छ ।

क्लबहरु यसै हप्तादेखि प्रशिक्षणमा फर्कने र जुनको पहिलो हप्तादेखि प्रतियोगिता सुरु गर्ने तयारी रहेको बीबीसीले जनाएको छ । भौतिक दुरी कायम राख्दै प्रशिक्षण सुरु गर्न क्लबहरुलाई स्पेनको स्वास्थ्य मन्त्रालयले अनुमति दिएको छ ।

लिगका खेल सुरु हुनुअघि सबै खेलाडीको स्वास्थ्य जाँच गरिने र दर्शकविनाको रङ्गशालामा खेल खेलाउने तयारी छ । ११ औँ चरणको खेल बाँकी रहेको अवस्थामा गएको मार्चदेखि ला लिगा अनिश्चितकालका लागि स्थगित भएको थियो ।

लिगमा बार्सिलोना ५८ अङ्कसहित शीर्ष स्थानमा छ भने ५६ अङ्कसहित रियल मड्रिड दोस्रो स्थानमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.