दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(फैलदो संक्रमण)
नेपालगञ्जमा थप ७ जना कोरोना संक्रमित भेटिएसंगै नेपालमा संक्रमितको संख्या ८२ पुग्यो / अहिले मुलुकभर २१ हजार ९९ जना क्वारेन्टाइनमा /१ सय २० जना आइसोलेसनमा ।

२.(परीक्षण बढाउ)
देशभर ६६ हजार ७७ वटा नमुना परीक्षण /कर्णाली प्रदेशको जुम्लामा पनि पिसिआर परीक्षण सुरु भएसगैं नेपालमा १८ प्रयोगशालाबाट पिसिआर विधिबाट नमुना परीक्षण हुँदै ।

३.(डिस्चार्ज हुने संक्रमित)
विराटनगरको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका १२ जनामध्ये उदयपुरका ६ जना जमाती कोरोना मुक्त /१८ दिनको उपचारपछि कोरोना मुक्त भएसंगै संक्रमितलाई बुधबार डिस्चार्ज गरिने ।

४.(अबुझ बनेपछि)
नेपालगञ्जमा प्रहरी र स्थानीय व्यापरीबीच झडप /निषेधज्ञाबारे जानकारी गराउन माइकिङ गर्दै र पसल बन्द गर्न सम्झाउँदै हिँडेका प्रहरीमाथि एकैठाँउ भेला भएका स्थानीयद्वारा पसल खोल्न पाउनुपर्ने भन्दै ढुंगामुढा ।

५.(एसइई नगरौं)
लकडाउनका कारण स्थगित एसइई सञ्चालन हुन नसक्ने भएकाले आन्तरिक मूल्यांकनलाई आधार मान्न प्याब्सनको आग्रह/ आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न सुझाव ।

६.(भर्ना अहिले हुँदैन)
नयाँ शैक्षिक सत्रका लागि अर्को सूचना जारी नहुञ्जेल भर्ना नलिन शिक्षा मन्त्रालयको आग्रह /कोरोना संक्रमितको संख्या वढिरहेको अवस्थामा नयाँ भर्ना लिने अवस्था नरहेको उल्लेख /भर्नाका नाममा कुनै पनि शुल्क लिन नपाइने ।

७.(भनेको मनौ)
भारतमा रहेका नेपालीहरुलाई यथास्थानमै बस्न नेपाली दूतावासको आग्रह /भ्रामक सूचनाको पछि लागेर नेपाल फर्कने प्रयास नगर्न सचेत/ वैदेशिक रोजगारीबाट फर्कने श्रमिकहरुको व्यवस्थापनका लागि सरकार गम्भिर रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको आश्वासन ।

८.(गौतमको पदभार)
संसद सचिवालयका महासचिव भरतराज गौतमद्वारा पद तथा गोपनियताको सपथ लिएसंगै पदभार ग्रहण /संविधान र ऐन अनुसार आफ्नो जिम्मेवारी व्यवसायिक ढंगले निर्वाह गर्ने प्रतिबद्धता ।

९.(कुटनैतिक चासो)
संयुक्त राष्ट्र संघ र विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधि र उपप्रधान ईश्वर पोखरेलबीच भेटवार्ता /क्वारेन्टाइनमा रहेका महिला र बालबालिकालाई सकेसम्म होम क्वारेन्टाइनमै राख्न सकिने अवस्थाका विषयमा छलफल ।

१०.(डेङ्गुको अत्यास)
म्याग्दीमा डेङ्गुका बिरामी भेटिने क्रम बढेपछि लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान शुरु / म्याग्दीमा डेङ्गुको महामारी फैलन सक्ने अनुमानपछि जनचेतनामूलक कार्यक्रम गरिँदै ।

११.(विप्लवलाई झड्का)
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिट्ब्यूरो सदस्य अनिल शर्मा पक्राउ / उपचार गराउन आएका शर्मालाई चितवनको पूरानो मेडिकल कलेजबाट नियन्त्रणमा लिएको चितवन प्रहरीको भनाई ।

१२.(विप्रेषणको चिन्ता)
आगामी वर्ष अर्थतन्त्रका लागि चुनौतिपूर्ण रहेको नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको भनाई / विप्रेषणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने उल्लेख / मौद्रिक नीतिका लक्ष्यहरु पुरा नहुने ।

१३.(अर्थतन्त्र उकास्ने उपाय)
बैंक तथा वित्तीय संस्थाहरुले अर्थतन्त्रमा वृद्धि गरेको असमानता सुधार गर्न डा. बाबुराम भट्टराईको राष्ट्र बैंकलाई सुझाव /रेमिट्यान्समा आउने कमि र बेरोजगारी बढाउने विषयमा ध्यान दिन पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको आग्रह ।

१४.(अवैध १ करोड)
भारतबाट आएको खाली ट्रकमा विराटनगरको आईसीपीबाट अवैध एक करोड ९ लाख बढी भारतीय रुपैयाँसहित दुई जना पक्राउ /बरामद रकम हुण्डी कारोवारीले भित्र्याएको हुन सक्ने प्रहरीको आशंका /थप अनुसन्धान जारी ।

र,
१५.(संक्रमणको सन्त्रास )
कोरोना महामारीका कारण विश्वभरमा अहिलेसम्म २ लाख ५२ हजार बढीको मृत्यु /३६ लाख ६३ हजार बढी संक्रमित /१२ लाख बढी निको भएर घर फर्किए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top