कोरोना महामारी अमेरिकामाथि भएको इतिहासकै खराब आक्रमण रहेको ट्रम्पको टिप्पणी

२४ बैशाख ७७, बिहीबार

२५ बैशाख, एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना महामारीलाई अमेरिकामाथि भएको इतिहासकै खराब आक्रमण रहेको बताएका छन् ।

दोस्रो विश्वयुद्धमा जापानी सेनाले अमेरिकाको पर्ल हार्बरमा गरेको आक्रमण वा सेप्टेम्बर ११ को आक्रमण भन्दा पनि कोरोनाले नराम्ररी प्रहार गरेका बताए ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले कोरोना महामारीको अदृश्य शत्रुलाई युद्धका रुपमा लिएको स्पष्ट पारे । चीनले शुरुमै कोरोना नियन्त्रण गर्न नसकेको र विश्वलाई यसबारे जानकारी पनि नदिएका आरोप दोहोर्याउंदै उनले उसविरुद्ध कडा कदम चालिने बताए ।

Advertisement

तर चीनले भने महामारी नियन्त्रणमा अमेरिकाले पर्याप्त काम गर्न नसकेको आरोप लगाउंदै आएको छ । चीनको वुहानबाट गएको डिसेम्बरमा सुरु भएको कोरोना भाइरसको महामारीबाट अमेरिका सबैभन्दा बढी प्रभावित बनेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top