×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

उपत्यकामा सडक निर्माण र मर्मत पुनः सञ्चालन हुने

२५ बैशाख २०७७

२५ बैशाख, काठमाडाैँ ।

शुरु भएको केही दिनमै निर्माण सामग्रीको अभावमा ठप्प सडक निर्माण र मर्मत पुनः सञ्चालन हुने अपेक्षा गरिएको छ ।सरकारले खाद्यान्न र अन्य अत्यावश्यक वस्तु उत्पादन गर्नेसहित ४२ प्रकारका उद्योग सञ्चालनमा ल्याउने निर्णयसँगै निर्माण पुनः शुरु हुने आशा गरिएको हो ।

Advertisement
Advertisement

दुई साता पहिले काठमाडौँका विभिन्न स्थानमा निर्माण र मर्मत शुरु भए पनि केही दिनसम्म मात्रै काम भएको थियो । निर्माण सामग्री लिन गएका टिपरले स्थानीयस्तरमा विवाद भएपछि सामग्री ल्याउन नसकेको डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख कुबेर नेपालीले जानकारी दिए । कुनै कुनै क्रसर मात्रै खुल्दा विवाद भए पनि सबैै उद्योग खुलेपछि निर्माण सामग्री ल्याउन सकिने वातावरण बनेको उनले बताए ।
‘लकडाउन’ को शुरुका दिनदेखि नै डिभिजनले सडकमा रङ्गाउने काम गरेको थियो । प्रशासनले निर्माणमा आवश्यक समन्वय गर्ने भनेपछि मर्मत (ओभर ले) र निर्माण दुवै काम भइरहेको प्रमुख नेपालीले बताए । डिभिजनले पुतलीसडक, त्रिपुरेश्वरलगायत स्थानमा ह्विमपाइप राख्ने काम गरिरहेको छ । त्यस्तै लकडाउनपछि ओभर ले भएका जय नेपाल–कमलादीलगायतका स्थानमा रङरोगनको काम भइरहेको छ ।
सरकारले उपत्यका बाहिरबाट आउने सवारी साधन रोकेपछि भने अहिले कतिपय निर्माण सामग्री बोकेका सवारीसमेत रोकिएका छन् ।

धादिङ, नुवाकोटलगायत जिल्लामा निर्माण सामग्री लिएर काठमाडौँ आउँदै गरेका टिपर रोकिएका छन् । सरकारले गरेका कतिपय निर्णयका बारेमा फिल्डमा खटिने प्रहरी कर्मचारीलाई जानकारी नहुँदा समस्या आउने गरेको प्रमुख नेपालीले बताए ।
सामान्य अवस्थामा दिउँसो टिपर चल्न नदिने प्रशासनको निर्णयका कारण रातमा मात्रै चल्ने गरेको थियो । अहिले पनि कतिपयमा टिपर रातमा मात्रै चल्ने हो भन्ने भ्रम पाइन्छ । उनले भने, “सवारी पास लिन सजिलो छैन र पास भएका सवारीलाई पनि ल्याउन दिइएको छैन ।”

डिभिजनले सामान्य अवस्थाभन्दा कामको गति कम गरेरै निर्माण अघि बढाएको हो । कामदारलगायत आवश्यक दक्ष जनशक्ति पनि काठमाडौँमा पर्याप्त नभएको उनले बताए। काम नै कम गर्ने भएकाले अहिले उपत्यकामा भएकै कामदारलाई काम गराउन सकिने भए पनि थोरै सङ्ख्यामा दक्ष प्राविधिक जिल्लामा भएकाले काममा बाधा पुगेको छ । एक दुईजनाको सङ्ख्यामा ती कामदारलाई आवश्यक परीक्षण गरेर उपत्यका भित्रन दिँदा काम अघि बढ्न सक्छ ।

डिभिजनले जिल्लाका मुख्य र सहायक सडक गरी आवमा ३७ किमी सडक ओभर ले गरिसकेको छ । अहिले ओभर ले गर्न बाँकी सडक झण्डै चार किमी छ । चालु आवमै झण्डै १० किमी सडक निर्माण र पाँच पुल निर्माण गर्न बाँकी छ । ओभर लेको काम यो अवधिमा सकिए पनि सडक निर्माण र पुल निर्माण सम्पन्न नहुने उनले बताए । सडक निर्माणका लागि आवश्यक सबै पूर्वाधार बने पनि कालोपत्र बाँकी छ । त्यस्तै, अहिले नियमितरुपमा वर्षा भइरहेकाले पाँच पुलमध्ये कुनै पनि शुरु गरिएको छैन ।

Advertisement
Advertisement

सामाखुसीबाट नुवाकोट जाने टोखा सडक निर्माण भइरहेको छ । सो सडक ठेक्का चालु आवमै सकिए पनि काम सम्पन्न गर्ने लक्ष्य रहेको उनले बताए ।‘लकडाउन’ का समयमा भएको सडक चिह्न लगाउने कामका कारण उपत्यकाका मुख्य सडक चिटिक्क देखिएका छन् । एकातर्फ सवारी साधनको चाप कम र अर्कातिर भर्खर कालोपत्र भएका सडकमा पोतिएका सडक चिह्नले उपत्यकाको मुहार नै फेरिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top