मोरङमा इनारमा डुबेर एक महिलाको मृत्यु

२५ बैशाख ७७, शुक्रबार

२५ बैशाख, मोरङ ।
मोरङको मिक्लाजुङमा एक महिलाको इनारमा डुबेर मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका ७ बेलगौडे बस्ने ६० बर्षीया सानुमाया लम्सालको पानीको इनारमा डुबेर मृत्यु भएको छ ।

विहीबार दिउँसो लम्साल आफ्नै घर अगाडी रहेको पानीको ईनारमा डुबेर मृत अबस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनापछि पुगेको ईलाका प्रहरी कार्यालय उर्लावारीको प्रहरी टोलीले अनुशन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top