×

NEPAL TIMES UPDATES

Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन|| Nepal Times
Apr 21, 2026
Playing
विद्यार्थी संगठन हटाउने निर्णय तत्काल कार्यान्वयन गर्न बालेनको निर्देशन || Nepal Times
Apr 20, 2026

लकडाउनको अवधिमा फर्किए झण्डै ५ हजार विदेशी नागरिक

२८ बैशाख २०७७

२८ वैशाख, काठमाडौं ।

कोभिड–१९ को जोखिम औंल्याउँदै सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरे पनि लकडाउनको अवधिमा झण्डै ५ हजार विदेशी नागरिक आ–आफ्नो मुलुक फर्केका छन् ।

Advertisement
Advertisement

नेपालले अन्तर्राष्ट्रिय उडान बन्द गरेको अवस्थामा ‘चार्टर फ्लाइट’मार्फत शनिबारसम्म विभिन्न मुलुकका ४ हजार ८ सय ७४ विदेशी नागरिक आ–आफ्नो मुलुक फर्किएका हुन् ।

सरकारले गत चैत ११ देखि लकडाउन गरे पनि विदेशी मुलुकले चार्टर फ्लाइटमार्फत आफ्ना नागरिक उद्धार गरी लैजान सकिने निर्णय गरेको थियो । सो अवधिमा ५१ वटा विशेष उडानमार्फत ६० भन्दा बढी मुलुकले आफ्ना नगरिकलाई उद्धार गरी लगेको अध्यागमन विभागले जनाएको छ । सो अवधिमा १७ कार्गो र ३४ यात्रु उडान भएको थियो ।

नेपाल भ्रमण गर्न आएका पर्यटक, नेपालमा रहेका विभिन्न मुलुकका कूटनीतिक नियोगका कर्मचारी, दातृ निकाय तथा विकास साझेदारका विभिन्न परियोजनामा काम गर्ने नागरिकलाई उद्धार गरेर लगेको बताइएको छ । यस अवधिमा सबैभन्दा बढी संयुक्त अधिराज्यका ६ सय ६६ नागरिक स्वदेश फर्केको विभागका निर्देशक रामचन्द्र तिवारीले जानकारी दिए ।

यसैगरी, जर्मनीका ६ सय ५६, अमेरिकाका ५ सय ३५, फ्रान्सका ४ सय २५, क्यानाडाका ३ सय २२, अष्ट्रेलियाका २ सय ३६, नेदरल्यान्डका १ सय ७६, दक्षिण कोरियाका १ सय ६३, जापानका १ सय ६२, स्पेनका १ सय ३४, स्विट्जरल्यान्डका १ सय १४, इटालीका १ सय १३, रसियाका १ सय ४, पोल्यान्डका ९२, अस्ट्रियाका ८४, स्विडेनका ७४, बेल्जियमका ६५, श्रीलंकाका ५७, चेक रिपब्लिकका र मलेसियाका ४५–४५ तथा भुटानका ४४ नागरिक स्वदेश फर्केका छन् ।

Advertisement

यस्तै, डेनमार्कका ४३, फिनल्यान्डका ४२, आयरल्यान्डका ४०, न्युजिल्यान्डका ३८, युक्रेनका ३७, थाइल्यान्डका ३३, बङ्गलादेशका ३२, ब्राजिलका ३१, हंगेरीका २७, पोर्चुगलका २२, नर्वे र इजरायलका २१/२१, चीन र भारतका २०/२०, सिंगापुरका १९, माल्दिभ्सका १२, दक्षिण अफ्रिकाका ११, मेक्सिको र रोमानियाका सात/सात, स्लोभाकियाका छ, बेलारुसका पाँच, अर्मेनिया, लिथुवानिया, युएनओ, लाटभिया र बुल्गेरियाका चार/चार नागरिक फर्किएका विभागले जनाएको छ । यस्तै लक्जेमबर्ग, मङ्गोलिया र आइसल्यान्ड तीन/तीन, अर्जेन्टिना, चिली, ग्रिस, इरान, माल्टा, स्लोभानिया, ताइवान, संयुक्त अरब इमिरेटस् र यमनका दुई/दुई तथा अन्य मुलुकका १८ नागरिक पनि लकडाउनको अवधिमा स्वदेश फिरेका छन् ।रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top