भारतमा पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २ सय १३ जना नयाँ संक्रमित फेला

२९ बैशाख ७७, सोमबार

२९ वैशाख, एजेन्सी ।
भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा मात्रै ४ हजार २ सय १३ जना नयाँ संक्रमित भेटिएको जनाएको छ।

Advertisement

यसैगरी संक्रमणबाट यो अवधिमा ९७ जनाको मृत्यु भएको छ। यो भारतमा एकैदिन आजसम्मकै धेरै कोरोना संक्रमित भेटिएको बताइएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार बिहान ८ बजेसम्म भारतमा कोरोना भाइरस संक्रमित कुल संख्या ६७ हजार १ सय ५२ पुगेको छ।

यी मध्ये ४४ हजार २९ वटा सक्रिय केस हुन्। संक्रमणका कारण कुल २ हजार २ सय ६ जनाले ज्यान गुमाएका छन्। यस्तै २० हजार ९ सय १६ जना संक्रमित बिरामी निको भएका छन्। भारतमा भेटिएका धेरै संक्रमित महाराष्ट्र, गुजरात, दिल्ली र तमिलनाडु राज्यबाट रहेका छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top