सप्तरीका थप एक जनामा कोरोना संक्रमण पुष्टि

२९ बैशाख, काठमाडौं । सोमबार एकैदिन ११ जना कोरोनाभाइरसको संक्रमित थपिएका छन् ।

Advertisement

बिहान कपिलवस्तुका १० जना व्यक्तिमा संक्रमण देखिँदा दिउँसो थप एक जना व्यक्तिमा संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार नयाँ संक्रमित युवक सप्तरीका १८ वर्षीय युवक डाक्नेश्वरी नगरपालिका(३ का बासिन्दा हुन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ।

Advertisement

धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा युवकमा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२१ पुगेको छ भने ३१ जना उपचारपछि घर फर्किसकेका छन्। तीमध्ये पनि तीन जनामा संक्रमण देखिएपछि उनीहरूको उपचार भइरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top