×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

बजेटको आकार नबढाउन मिनेन्द्र रिजालको सुझाव

२९ बैशाख २०७७

२९ वैशाख, काठमाडौं ।
प्रमुख प्रतिपक्षीदल नेपाली कांग्रेसका छायाँ अर्थमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको अवस्थामा सरकारलाई बजेटको आकार नबढाउन सुझाव दिएका छन् ।

सरकारले कोरोनाप्रभावित क्षेत्रलाई समेटेर बजेट ल्याउने तयारी गरिरहेका बेला डा. रिजालले अहिले बजेटको आकार बढाएर ल्याउनुको अर्थ नहुने बताए । कोरोना महामारीले गर्ने क्षति र त्यसपछिको अर्थतन्त्रका विषयमा अहिले न पूर्वानुमान गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै रिजालले साउनपछि पुरक अनुमान प्रस्तुत गर्न पाइने अवस्थामा अहिले बजेटको आकार नबढाउन सुझाव दिएका हुन् ।

Advertisement
Advertisement

कोरोनाकाकारण स्वास्थ, कृषि, पर्यटन र उत्पादनका अन्य क्षेत्रमा पर्ने प्रभावका बारेमा अहिले नै अनुमान गर्न सकिने अवस्था नरहेको उनको भनाई छ । उनले भने, ‘‘कोरोनाको जोखिमबाट बाहिर निस्किएका छैनौँ । स्वास्थ्य क्षेत्र, कृषि क्षेत्रका चुनौती के हुन थाहा छैन् । पर्यटनले के क्षति व्यहोर्ने हो थाहा छैन् ।

अहिलेको बजेट सिमित रुपमाल्यायौँ । छलफल गरेर मात्रै ल्याउँ । प्रत्येक निर्वाचन क्षेत्रमा के भएको छ । साउन पछि संविधानको धारा १२१ अनुसार पुरक अनुमान प्रस्तुत गर्न पाइन्छ । त्यो प्रस्तुत गर्ने बेला दुनियामा के प्रभाव प¥यो । हाम्रो देशमा के प्रभाव प¥यो त्यो पनि देखिन्छ ।

अनि साँच्चै अर्थमा आएको पुरक अनुमान र अहिले १५ गते आउने बजेट नयाँ वर्षको बजेट बन्छ ।’’ नेपाली अर्थतन्त्रको अवस्था कहाली लाग्दो अवस्थामा रहेको उनले बताए । चालु आर्थिक वर्षको सुरुको ६ महिनामा पनि अर्थतन्त्र चिन्ताजनक अवस्थामा नै रहेको उल्ले गर्दै उनले भने, ‘‘चालु आर्थिक वर्षको बैशाख २८ गतेसम्म राजस्व ६ सय ४ अर्ब मात्रै छ । अनुदान १०अर्ब र अन्य आम्दानी ४४ अर्ब मात्रै रहेको अवस्थामा जम्मा खर्च ७ सय ४५ अर्ब रहेको ।

चालु खर्च ५ सय ५८ अर्ब, पूँजिगत १ सय १३ अर्ब र वित्तिय क्षेत्रमा७४ अर्ब मात्रै खर्च भएको छ । यस्तो अवस्थामा कोरोना महामारीका करण लक्ष्य अनुसारको राजस्व संकलन र खर्च गर्न सकिएन भनेर सरकारले भन्न पाउँदैछ । सुरुको ६ महिनामा पनि अवस्था त्यस्तै थियो ।’’

कोरोना महामारी फैलिनुभन्दा पहिले पनि राजस्व ४ सय ५६ अर्ब मात्रै संकलन भएको उनले बताए । जसमा अनुदान १० अर्ब थियो । सुरुको ६ महिनामा खर्च जम्मा २८ प्रतिशतमात्रै गर्न सकेको डा. रिजालले बताए । राजस्व वृद्धिदर २९ प्रतिशतले गर्ने लक्ष्य सरकारले लिएपनि ६ महिना अगाडी १३ प्रतिशतमात्रै गर्न सकेको उनले बताए ।

संघमा मात्रै नभएर प्रदेश र स्थानीयतहमा पनि अवस्था उस्तै रहेको उनले बताए । प्रदेशको खर्च १३ प्रतिशत स्थानीयतहको ६ सय ६६ गाउँपालिका र नगरपालिकामा २३ प्रतिशतमात्रै खर्च गर्न सकेको उनले बताए । राष्ट्रिय गौरबका आयोजनाहरुमापनि लक्ष्य अनुसारको खर्च हुन नसकेको उनले बताए ।

आर्थक वर्षमा १ सय ३ अर्ब खर्च गर्ने लक्ष्य भएपनि ६ महिनामा अघिल्लो वर्षको तुलनामा कम १९ प्रतिशतमात्रै खर्च गर्न सकिएको बताए । ‘‘लुम्बिनी विमानस्थलको काम सकिनु पर्ने थियो सकिएको छैन् । सिक्टामा केही प्रगति भएको छ खर्च देखिन्छ । माथिल्लो तामाकोसी सम्पन्न हुने भन्ने थियो भएको छैन् ।

निजगढ विमानस्थलमा एक रुपैयाँमा पनि खर्च हुन सकेको छैन् । बुढीगण्डकीको बेहाल छ । पशुपति क्षेत्रविकास कोषमा ६ महिनासम्म एक रुपैयाँ पनि खर्च भएको थिएन् । यो परिस्थिति कोरोनाको कहरबाट मात्रै आएको होइन् । कोरोना संक्रमणमा हामी नपर्दा बन्दाबन्दीको अवस्थमा नहुँदापनि अर्थतन्त्र यो अवस्थामा थियो ।’’

Advertisement

अहिलेको अवस्थामा ऋण पनि उठाउन नसकिने र विप्रेषणको आम्दानी पनि घट्दै गएको उनले बताए । वैदेशिक रोजगारीमा गएका व्यक्ति रोजगारी गुमाएर स्वदेश फर्किने अवस्थामा उनीहरुलाई रोजगारी र कृषिको क्षेत्रमा कसरी जोड्न सकिन्छ भन्ने विषयमा सोच्नुपर्ने बेला भएको उनले बताए ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top