कर्णालीमा कोरोना परीक्षण गर्न स्वास्थ्यकर्मी परिचालन

२९ बैशाख ७७, सोमबार
Share this
753shares

२९ बैशाख, जुम्ला ।

Advertisement

कोभिड–१९ को जोखिम हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लाका २७ ठाउँमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली परिचालन गरेको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले हिमाली जिल्ला हुम्ला र डोल्पामा एयर लिफ्टिङ तथा अन्य जिल्लामा स्थलमार्गबाट चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली पठाएको हो ।

सरकारले शनिबार डोल्पा र आइतबार हुम्लामा एयर लिफ्टिङ गरेर टोली पठाएको हो । उनीहरुलाई एक महिनाका लागि पठाएको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले जानकारी दिए । उनका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकको टोलीलाई हुम्ला र मुगुमा सोमबार पठाइएकोे छ । अस्पतालका चिकित्सकको टोलीलाई २७ स्थानमा खटाएको हो ।

Advertisement

मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकासमन्त्री दल रावल, प्रमुख सचिव टेकनारायण पाण्डे, स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निर्देशक रीता भण्डारी (जोशी) सहितको टोलीले आइतबार प्रतिष्ठान जुम्ला पुगेर यहाँको जनशक्ति, सेवा प्रवाह, पिसिआर मेसिन, भेन्टिलेटर, आइसियु र आइसोलेशन कक्षासहित भौतिक संरचनाको अनुगमन गरेका थिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top