एकै दिन बढे ११ संक्रमित,पुगे १ सय २१

२९ बैशाख, काठमाडौँ ।
सोमबार ११ जना नयाँ कोरोना संक्रमित भेटिएसँगै नेपालमा संक्रमितको संख्या १ सय २१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कपिलवस्तुमा १० जना पुरुष र सप्तरीमा १ जनामा संक्रमण देखिएको हो । कपिलवस्तुमा १८ वर्षदेखि ३४ वर्षभित्रका पुरुष र सप्तरीमा १८ वर्षिय पुरुषमा संक्रमण देखिएको मन्त्राकालयका प्रवक्ता डा. देवकाटाले बताए ।

नेपालमा अहिलेसम्म ८९ पुरुष र ३२ जना महिलामा संक्रमण देखिएको छ । प्रदेश नम्बर ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । त्यहाँ ४० जनामा संक्रमण देखिएको छ । यस्तै प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा ३२ र बागमती प्रदेशमा ७ जनामा संक्रमण देखिएको छ । यस्तै गण्डकी प्रदेशमा २ मा सुदूरपश्चिम प्रदेशमा ५ जनामा संक्रमण देखिएको छ । कर्णाली प्रदेशमा अहिलेसम्म कोरोना संक्रमित भेटिएका छैनन् ।

कोसी अस्पतालमा उपचाररत २ जना डिस्चार्ज भएका छन् । भोजपुरका २६ वर्षिय पुरुष १८ औं दिन र झापाका ४८ वर्षिय पुरुष १५ दिनमा डिस्चार्ज भएकाहुन् । २४ घण्टाको अन्तरमा गरिएको परीक्षण २ वटा रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो । यो सँगै डिस्चार्ज हुनेको संख्य ३३ पुगेको छ ।

देशका विभिन्न अस्पतालमा १ सय ५३ जना संकास्पद विरामी आइसोलेसनमा उपचाररत रहेका छन् । प्रवक्ता देवकोटाका अनुसार प्रदेश नम्बर १ मा २४, प्रदेश नम्बर २ मा ३९, बागमती प्रदेशमा २६ (उपत्यकामा १ जनासहित), गण्डकी प्रदेशमा १ र प्रदेशनम्बर ५ मा ६३ जना आइसोलेसनमा रहेका छन् ।

गत २४ घण्टामा २ हजार ७ सय ९९ वटा परीक्षण भएका छन् । सोमबारसम्म पिसिआर विधिबाट १७ हजार ८ सय ९ र आरडिटी विधिबाट ५८ हजार ५ सय ४६ वटा परीक्षण भएका छन् । प्रदेश नम्बर १ मा ७ हजार ७ सय ३७, प्रदेश नम्बर २ मा ५ हजार ९ सय २७, बागमती प्रदेशमा ९ हजार २ सय ९० र गण्डकी प्रदेशमा ६ हजार ४ सय ८४ वटा आरडटी परीक्षण भएका छन् । यसैगरी प्रदेश नम्बर ५ मा ६ हजार ९ सय ८५, कर्णाली प्रदेशमा ७ हजार १ सय १४ र सुदूरपश्चिम प्रदेशमा १५ हजार ९ वटा आरडिटी परीक्षण भएको प्रवक्ता डा. देवकोटाले बताए ।

क्वारेन्टाइनमा देशभरी १२ हजार ७ सय १ जना रहेका छन् । प्रदेश नम्बर १ मा १ हजार ४७, प्रदेश नम्बर २ मा १ हजार ५ सय १७, बागमती प्रदेशमा १ सय १८ र गण्डकी प्रदेशमा ३ सय १६ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ४ हजार ९ सय ४३, कर्णाली प्रदेशमा १ हजार ७ सय ४५ र सुदूरपश्चिम प्रदेशमा ३ हजार १५ जना क्वारेन्टाइनमा रहेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top