विराटनगर ,सामाजिक कामका लागि शैक्षिक गुणस्तर उकास्न पहिलो पाईला नेपाल–विराटनगरले विपन्न वर्गका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री कलेक्सन अभियान सुरु गरेको छ । आगामी शैक्षिक सत्रदेखि विद्यालयमा अध्ययनरत गरिब तथा विपन्न वर्गका लागि सहयोग गर्ने अभिप्रायले पहिला पाईला नेपालले उत्त अभियान थालेको हो ।
आगामी शैक्षिक सत्रमा सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्य रहेको र सो अभियानलाई पारदर्शी बनाउने पहिलो पाईला नेपालका पुर्वाञ्चल संयोजक सुमन खड्काले बताए । यस अभियानलाई विश्वासनीय ढंगबाट सम्पन्न गर्न टिमबाट सर्वसाधारणको जानकारीको लागि केही सुचना समेत जारी गरिएको छ ।
जुन कुरा प्रस्तुत गरिएको छ ः
केहो शिक्षा अभियान ?
विपन्नताको उच्च रेखा मुनि रहेका विराटनगरका केही विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा सहायता गर्ने हेतुले पहिलो पाइला नेपाल “विराटनगर” को आयोजनामा थालनी गरिएको अभियान हो । यस अभियानमा विराटनगरका सय विद्यार्थीहरुलाई कपी किताब लगायत स्टेशनरीसामाग्री वितरण गर्ने लक्ष्य लिइएको छ ।
शिक्षामा गुणस्तरीयता ल्याउन सक्ने हो भने परिवर्तन र विकास सम्भव छ भन्ने कुरालाई आत्मसात गर्दै पहिलो पाईला नेपाल “बिराटनगर” द्धारा आयोजना गरिएको एक अभियान भएतापनि यो आफ्नो गाउँ,ठाउँ ,समाज र राष्ट्रलाई माया गर्ने सम्पुर्ण नागरिकको अभियान हो यो ।
सामाग्री कसरी संकलन गरिन्छ त ?
भनिन्छ एक जनाले थुके सुकेर जान्छ हजार जनाले थुके नदी बन्दछ !! हो यही सिद्धान्तलाइ आत्मसात गर्दै सम्पुर्ण आफ्नो गाउँ, ठाउँ र राष्ट्रलाई माया गर्ने युवाहरुबाट आफुले सक्ने सहयोग गर्ने लक्ष्य रहेको छ ।
अभियानमा कसरी जोडिने ?
यस अभियानलाई सफल र प्रभाबकारी बनाउनका लागि हामीलाई तपाई जस्तै उत्साहि ,सक्षम युवा अनि जागरुक नेपाली चाहिन्छ । तपाई यस अभियानमा स्वयंसेवकका भुमिका निर्वाह गरि सहयोग संकलन गर्न देखि वितरणका प्रत्येक अवस्थामा तपाईको क्षमता र सीप अनुसारको सहयोग पु¥याउन सक्नुहुन्छ ।
अभियानमा समय दिन म असक्षम छु मैले के सहयोग गर्न सक्छु ?
सहयोगको भावनाका लागि तपाईलाइ धन्यवाद । यो सेवा विसुद्ध सामाजिक, गैरनाफामुखि र तपाइ हाम्रै स्रोत र साधनबाट सञ्चालन गर्न लागिएकोले यसका लागि आवश्यक आर्थिक सहयोग समेत उपलब्ध गराउन सक्नुहुनेछ ।
मेरो सहयोग नकारात्मक प्रयोग त हुने होइन ?
तपाइको शंका स्वभाविक छ । तर तपाइ विश्वस्त हुनुहोस् । तपाइको सहयोगको सकारात्मक प्रयोगका लागि हामी पुर्णत सर्तकता र पारदर्शिता अपनाउने छौ । अभियानको खर्चका साथै सहयोगहरुको विवरण हाम्रो फेसबुक पेज मार्फत सार्वजनिक गर्नेछौ ।