×

NEPAL TIMES UPDATES

Playing
संसदमा आज पनि हर्कले प्लेकार्ड देखाए, बालेनको राजीनामा मागे || Nepal Times
May 21, 2026
Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026

चितुवा आतंक रोक्न सिसी क्यामरा जडान

२० चैत्र २०७४

भक्तपुर, २० चैत ः बाघ गाउँ पस्ने र बच्चा खाने क्रम बढ्न थालेपछि सूर्यविनायक नगरपालिका–७ बालकुमारी सामुदायिक वन क्षेत्रमा १० वटा सिसी क्यामरा जडान गरिएको छ ।

गाउँमै चितुवा पसेर पसल गएर घर फर्कंदै गरेका गुण्डु पानीट्याङ्की खहरे बस्ने छ वर्षीय शिरिष तामाङलाई चितुवाले आक्रमण गरी जंगलमा लगेर खाएको एक महिना पनि नबित्दै बच्चासहित चितुवा गाउँमा देखा परेपछि यहाँका बासिन्दा अहिले आतंकित बनेका छन् ।

Advertisement
Advertisement

पानीट्याङ्की मन्थली गाउँको नजिकै रहेको बालकुमारी वनमा तीन वटा बच्चासहित आएको चितुवाले केही दिनअघि एसइई परीक्षा दिएर फर्कंदै गरेकी एक किशोरीमाथि आक्रमणको प्रयास गरेपछि गाउँका बासिन्दा चितुवाबाट आतंकित भएको वडा नं ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाले जानकारी दिए।

सरकारले सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान बनाउने भएपछि उद्यानभित्र परेको उक्त वन क्षेत्रलाई व्यवस्थित गर्ने र तारबार लगाउने काम नगरी अलपत्र छोडिदिँदा गाउँमा चितुवा पस्न थालेको मन्थली गाउँका बासिन्दाले गुनासो गरेका छन् ।

विगतका वर्षमा झैँ जंगलको २०० मिटरसम्मको झाडी सफा गर्न, कुहिएका काठ वितरण गर्न, पत्कर सोहर्न प्राणी उद्यानले रोक लगाएपछि जंगल बाक्लिँदै गएकाले बाघ र चितुवा जस्ता जनावरको आतंक बढेको वडाध्यक्ष सापकोटाले जानकारी दिए ।

उनले भने , “वन बाक्लो बन्दै गएपछि गाउँमा चितुवाको आतंक बढेको छ । प्राणी उद्यानले झाडी सफा गर्ने निर्णयसमेत कार्यान्वयन नगर्दा स्थानीय आतंकित भएका छन् । चितुवाको आतंक बढेपछि स्थानीयवासीलाई जंगल क्षेत्रमा जान रोक लगाएका छौँ ।”

स्थानीयवासीलाई वन क्षेत्रमा जान अहिले रोक लगाइएको छ । वडा कार्यालयले सूचना नै जारी गरेर बालकुमारी वनभित्र र आसपासका क्षेत्रमा नजान स्थानीयवासीलाई रोक लगाएको हो ।

प्रतिनिधिसभा सदस्य महेश बस्नेत र वडा कार्यालयको आग्रहपछि राष्ट्रिय प्राकृतिक संरक्षण कोष जावलाखेलले वन क्षेत्रमा १० वटा सिसी क्यामरा जडान गरेर चितुवाको संख्या र गतिविधि अनुगमन गर्न थालेको छ ।

वडाध्यक्ष सापकोटाले भने, “वन क्षेत्रमा सिसी क्यामरा जडान गरेर चितुवाको रेकर्ड लिन थालिएको छ । जंगलभित्र कति चितुवा, बाघ छन् भनेर गणना गर्न र उनीहरुको प्रकृति बुझ्न क्यामरा जडान गरिएको छ । चितुवा बस्ती पस्ने र मानवमाथि आक्रमण गर्ने गतिविधि देखिए जाल हालेर नियन्त्रणमा लिने प्रवन्ध गरिएको छ ।”

स्थानीयवासीले प्राणी उद्यानलाई वन क्षेत्रको सीमाङ्कन गर्र्न र तारबार लगाउन स्थानीयवासीले माग गरेका छन् । नगरपालिकासँग गरेको निर्णय र सम्झौता प्राणी उद्यान कार्यालयले कार्यान्वयन नगरेको र उद्यानका भक्तपुर कार्यालय प्रमुख रामचन्द्र कँडेलले तारबार लगाउने, जंगल व्यवस्थित गर्न आवश्यक ठाने मात्रै गर्ने र अनावश्यक ठाउँमा नगर्ने जवाफ दिएको भन्दै स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । गाउँमै चितुवा आउन थालेपछि बालकलाई आक्रमण गरेको बाटो बन्द गरी अन्यत्रको बाटो सञ्चालनमा ल्याइएको छ ।

प्रतिनिधिसभा सदस्य बस्नेतले बालकलाई चितुवाले आक्रमण गरेको बाटो बन्द गरेर अन्यत्रबाट गाउँ जाने बाटो खुलाएको बताए । मृतक बालकका परिवारलाई नगरपालिकाले रु १० लाख आर्थिक सहयोग गरेको र अन्य क्षेत्रबाट पनि सहयोग गर्ने प्रक्रिया अगाडि बढाइएको उनले जानकारी दिए ।

Advertisement
Advertisement

जिल्ला वन कार्यालयमार्फत सरकारबाट रु १० लाख क्षतिपूर्ति पीडित परिवारलाई उपलब्ध गराउने सहमति भए पनि त्यो सहमति भने अझै कार्यान्वयन भएको छैन ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top