नुवाकोट,२० चैत्र ः त्रिशुली–ककनी–बालाजु सडकखण्ड अन्तर्गत पासाङ ल्हामु मार्गस्थित बेलकोटगढी नगरपालिका –११ अमारेमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले आज अपराह्न निष्क्रिय पारेको छ ।
नेपाल कम्युनिष्ट पाटी विप्लव समुहले आज आह्वान गरेको नुवाकोट बन्दलाई लक्षित गरीे राखेको बमलाइ श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।
पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै वन्द आव्हान गरेको नेकपाले जनाएको छ । पार्टी समर्थित जनपरिषद् नुवाकोटका अध्यक्ष विन्तोष सिलवाल‘अशोक’ लाई गत बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।
बन्दका कारण जिल्लामा सञ्चालित उद्योग, कलकारखाना,शैक्षिक सँस्था तथा बजार क्षेत्र प्रभावित बनेको छ ।
पक्राउ परेका अशोकलाई गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधसम्बन्धि अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।