सेनाद्धारा बम निष्क्रिय

२० चैत ७४, मंगलबार

नुवाकोट,२० चैत्र ः त्रिशुली–ककनी–बालाजु सडकखण्ड अन्तर्गत पासाङ ल्हामु मार्गस्थित बेलकोटगढी नगरपालिका –११ अमारेमा फेला परेको प्रेसरकुकर बम नेपाली सेनाको टोलीले आज अपराह्न निष्क्रिय पारेको छ ।

Advertisement

नेपाल कम्युनिष्ट पाटी विप्लव समुहले आज आह्वान गरेको नुवाकोट बन्दलाई लक्षित गरीे राखेको बमलाइ श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए ।

पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै वन्द आव्हान गरेको नेकपाले जनाएको छ । पार्टी समर्थित जनपरिषद् नुवाकोटका अध्यक्ष विन्तोष सिलवाल‘अशोक’ लाई गत बुधबार प्रहरीले नियन्त्रणमा लिएको थियो ।

Advertisement

बन्दका कारण जिल्लामा सञ्चालित उद्योग, कलकारखाना,शैक्षिक सँस्था तथा बजार क्षेत्र प्रभावित बनेको छ ।

पक्राउ परेका अशोकलाई गत बिहीबार जिल्ला प्रशासन कार्यालयमा म्याद थप गरी सार्वजनिक अपराधसम्बन्धि अभियोगमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top