एक महिना अघिसम्म नेता रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई कोरोना संक्रमण

३१ बैशाख, काठमाडौं । भक्तपुरमा हिजो भेटिएका कोरोना संक्रमित एक युवक एक महिना अघिसम्म नेता भीम रावलको सुरक्षामा खटिएका सुरक्षाकर्मी भएको खुलेको छ।

Advertisement

भक्तपुरमा भेटिएका ती २७ वर्षीय पुरुष सशस्त्र प्रहरीमा कार्यरत सुरक्षाकर्मी हुन् ।

चाँगुनारायण नगरपालिकाका अनुसार रामेछाप घर भएका उनी सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेको र अस्थायी रुपमा दुवाकोटमा बस्दै आएका थिए।

Advertisement

युवकलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। युवकबारे थप विवरण लिने काम भइरहेको छ। संसद सुरू हुनु गरिएको स्वाब परीक्षणमा नेता रावल लगायतको परीक्षण नतिजा नेगेटिभ आएको थियो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top