मन्त्री, सांसद र नेताले कोरोना सारेः रामनारायण विडारी

३० बैशाख ७७, बुधबार

३१ बैशाख, काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रामनारायण विडारीले मन्त्री, सांसद र नेताले कोरोना सारेको आरोप लगाएका छन् । सांसद विडारीले राहत बाँड्ने नाममा गाउँगाउँमा मान्छे जम्मा गरेर मन्त्री सांसद र नेताहरुले सांसदहरुले कोरोना संक्रमण फैलाएको आरोप लगाएका हुन ।

राहतका कार्यक्रम स्थानीय तहबाट व्यवस्थित रुपमा वितरण हुनुपर्ने भएपनि कसैले नपएजस्तो गरी नेताहरु गएर कोरोना संक्रमण फैलाएको आरोप उनले लगाए । राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै विडारीले भने, ‘‘नेता हुँ भनेर राहत बाँडन ट्रयाक सुट टाई लाएर गाउँगाउँमा गएर मान्छे जम्मा पारेर कोरोना संक्रमित गराउने काम सांसदले गरे, नेताले गरे, मन्त्रीले गरे ।

मन्त्री, सांसद र नेताहरुले कसैले नपाएको जस्तो गरी राहत बाँडे अरे । राहत भूकम्पको बेलामा बाँडने हो । राहत बाढी पिडित भएको बेलामा बाँडने हो । अहिलेको राहत लोकल सरकारले बाँडने अरुले बाँडने होइन् । लोकल सरकारको पनि वडा अध्यक्षले बाँडने हो । वडा अध्यक्षले पनि होइन वडा सदस्यले बाँडने हो ।’’

Advertisement

राहत वितरणको आधार के हुने ?कुन व्यक्तिलाई राहत दिने ? भन्ने कुरा कानून बनाएर लागु गर्ने भएपनि त्यसो हुन नसकेको उनले बताए । अहिलेको अवस्थामा स्थानीयतहमा उत्पादन भएका तरकारी, दुध र अण्डा सरकारले किनेर जनताको घरमा पु¥याउनुको सट्टा गफ गरेर नहुने उनले बताए ।

त्यसकालागि कानून निर्माण आवश्यक रहेको उनले बताए । भारतले नेपाली भूमि अतिक्रण गरेको विषयमा सांसद विडारीले नरेन्द्र मोदी सत्तामा आएदेखि नेपाललाई हैरान गरेको बताए । संविधान निर्माणमा बाधा, नाकाबन्दी र सीमानामा मन लाग्दी काम गरेर नेपाललाई मोदी सरकारले हैरान पारेको उनले बताए ।

Advertisement

उनले भने, ‘‘मोदी सरकार जहिले आयो त्यो बेलादेखि नेपाललाई हैरान पारेको पा¥यै ग¥यो । यो कस्तो रैछ अर्काको देशमा आएको सरकारले हाम्रो देशलाई हैरान पार्ने । यो गजबको भयो ।

कहिले संविधान जारी गर्न पाइदैन भनेर उफ्रिन्छन कहिले भूकम्पले थला परेको नेपाललाई नाकाबन्दिको हैरानी बनाएर थप तहस नहस पार्न खोज्छन, कहिले कोरोना ग्रस्त भएको बेलामा सीमामा मन लाग्दी काम गरेको हल्लाखल्ला प्रचार गर्दै काम गर्छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top