कोरोनाको त्रासः ६ वर्षीया बालिकाको अपरेशन रोकियो, डाक्टर/नर्सको स्वाब संकलन गरिँदै

३१ बैशाख ७७, बिहीबार

१ जेष्ठ, काठमाडौं ।
कोरोनाभाइरसको संक्रमण देखिएपछि शिक्षण अस्पतालमा उपचारका लागि आएकी ६ वर्षीया बालिकाको अपरेशन रोकिएको छ।

दुई दिनअघि कपिलवस्तुबाट उपचारका लागि ल्याइएकी ती बालिकाको श्वास नलीमा मासु पलाएको छ। उनको बिहीबार शल्यक्रिया गर्ने योजना थियो। ती बालिकालाई कोरोनाभाइरसका कुनै लक्षण देखिएको थिएन।

कपिलवस्तुबाट आएको हुनाले एकपटक कोरोना परीक्षण गर्नुपर्ने भन्दै चिकित्सकले परीक्षण गर्दा ती बालिकामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो। उनलाई अहिले पनि लक्षण देखिएको छैन। बालिकाको उपचारमा संलग्न रहेका सबै डाक्टर र नर्सको स्वाब संकलन भइरहेको अस्पताल स्रोतले जनाएको छ।

Advertisement

बालिकाको उपचारमा संलग्न केही डाक्टर तथा नर्सलाई अस्पतालमै क्वारेन्टाइनमा राखिने भएको छ भने अरू केहीलाई घरमै क्वारेन्टाइनमा बस्न भनिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top