लकडाउन अवधिभर शेयर बजार बन्द रहने

३१ बैशाख ७७, बिहीबार

१ जेष्ठ, काठमाडौं ।
बिहीबार देखि शेयर कारोबार फेरी बन्द भएको छ ।

नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ ।

सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेसँगै नेप्सेले मंगलबार देखि दिनको दुई घण्टाका लागि बढीमा २ प्रतिशत सम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो । मंगलबार र बुधबार कारोबार भयो । कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निधारीत समय अघि नै बन्द भएको थियो ।

Advertisement

सरकारले फेरी बिहीबार (आज) देखि लकडाउनमा कडाई गरेसँगै नेप्सेले पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यान दिई कारोबार बन्द गरेको हो । दुई दिन बजार सञ्चालन गर्दा एक तिहाई कर्मचारीबाट कारोबार सञ्चालन गर्न भनिएको थियो ।

तर ब्रोकर कार्यालयमा भिडभाड बढेको र सरकारले पनि लकडाउनलाई कडाई गरेपछि बोर्डले कारोबार बन्र्द गर्न निर्देशन दिएको हो । दई दिन सम्म कारोबार हुुँदा नेप्से करिब ५० अंकले घटेर १ हजार २ सय १ अंकमा बन्द भएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top